🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इराकी टिकटक स्टार फहादको गोली हानी हत्या

काठमाडौँ । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ । 

इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिँदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन् ।

फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन् । टिकटकमा उनले आफैंलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन । उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउँदै ६ महिनाको जेल सजाय सुनाएको थियो ।