🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलीसँगकाे भेटपछि धवलशमशेरले भने- अब पाँच दललाई चुनौती त दिनुपर्‍यो

नेपालगन्ज, १८ चैत : सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । 

स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । 

भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो ।

त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले न्युज कारखानासँग भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’

भेटवार्ता सकारात्मक भएको पनि उनले बताए । 

न्युज कारखाना