🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षति : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले आज शोक विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन स्व शेर्पाले महत्वपूर्ण योगदान पु¥याउनु भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री भट्टराईले हिमचितुवाका नामले सुपरिचित कीर्तिमानी आरोही शेर्पाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको हो । आङरिता शेर्पाको सोमबार बिहान ११ बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो । 

    
कृत्रिम अक्सिजनको सहयोगविना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पालाई नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७७  आश्विन ६ गतेको निर्णयानुसार उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सन्देशमा भनिएको छ ।