🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिवि सेवा : ऐन नियम नलाग्ने निवेदनकै भरमा भटाभट शिक्षक बन्न पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्रको राजनीतिक कति हदसम्म वदनामी र अराजक भइरहेको छ भन्नका लागि आंशिक अध्यापकहरुका आन्दोलनलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । त्रिवि सेवा आयोगको विगत एक वर्षदेखिको परीक्षा स्थगित गराई धमाधम आंशिक अध्यापकहरुलाई करारमा नियुक्ति थालिएको छ ।

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगको परीक्षा स्थगित गराई देशभर कार्यरत आंशिक अध्यापकलाई अहिले सामान्य निवेदनको भरमा करार नियुक्त थालेको हो । करारका अध्यापकहरुको संख्याका आधारमा कलेजहरुले आवश्यक संख्या भनेर आवश्यकतासम्बन्धी सामान्य सूचना निकालिइरहेका छन् । यही सूचनाका आधारमा आंशिक अध्यापकलाई नियुक्त गर्न थालिएको त्रिवि स्रोतको भनाइ छ ।

 त्रिवि सेवा आयोगले गत भदौमा नै स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनको परीक्षा तिनै आंशिक अध्यापकहरुको आन्दोलनका कारण रोकिएको थियो । २०७८ भदौ १५ गतेबाट सुरु हुने परीक्षा फारम भर्ने अन्तिम दिन सूचना निकालेर स्थगित गरिएको थियो । सोही परीक्षा २०७८ फागुन २२ गतेबाट सुरु गर्ने भनेर फेरि सूचना निकालिएको थियो ।

सेवा आयोगले अन्तिम दिन फागुन २१ गते राती सूचना निकालेर अर्को व्यवस्था नभएसम्मका लागि भनेर स्थगित गरेको छ । फागुन २१ गते परीक्षा स्थगित गर्ने अनि चैत लागेपछि धमाधकम आंशिक अध्यापकलाई करारमा नियुक्त गर्ने थालिएको हो ।

परीक्षा सुरु हुने अघिल्लो दिनको रातिसम्म आन्दोलन गरेर स्थायी पदपूर्तिको परीक्षा स्थगित गरी आंशिकलाई करारकमा नियुक्त गर्नु गलत भनेर आलोचना भइरहेको छ ।

  त्रिविमा देशभर करिब १ हजार आंशिक अध्यापक रहेको अनुमान गरिन्छ । उनीहरुलाई करारमा नियुक्त गरेपछि मात्रै खुला विज्ञापनको परीक्षा हुने अनुमान गरिएको छ ।

विगतदेखि नै आन्दोलनको भरमा त्रिविमा आंशिकलाई करारमा नियुक्त गर्ने र करारलाई स्थायी गर्ने निर्णय हुँदै आएको छ । यसले त्रिविको शैक्षिक गुणस्तर भने निरन्तर खस्कँदो क्रममा रहेकाे कुरा विद्यार्थीकाे उत्तीर्ण प्रतिशत हेरेपछि तथ्य बाेल्छ । तर, यसतर्फ कसैले पनि मतलब गरेका छैनन् ।