🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परीक्षामा चिट चोराउने दुई निरीक्षक निष्कासित !

राजविराज, १७ चैत (रासस) : माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कूल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिए  । परीक्षामा मर्यादा विपरीत कार्य गरी लापर्वाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कूलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताए  ।

यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ । यसवर्ष सप्तरीमा नियमित तर्फ आठ हजार ५१४ र एक्ज्याम्टेडतर्फ एक हजार १३ गरी कूल नौ हजार ५९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।

७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १२२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।
–––