काठमाडाैं । नेपालमा रहेका पश्चिमा मुलुकका राजदूतहरुले २०७८ फागुन १० गते मंगलबार विहान ब्रेकफास्ट मिटिङ गरेर अमेरिकी सहायता परियाजना एमसिसीको पक्षमा माहोल बनाउन अमेरिकालाई सहयोग गर्ने सहमति जुटाएका थिए ।
त्यसलगत्तै कांग्रेस र एमालेबीच एमसिसी संसदबाट अनुमोदन गर्नका लागि कांग्रेस र एमालेबीच छलफल सुरु भएको थियो । यी दुई दलबीचको छलफल सहमति नजिक पनि पुगेको छ ।
कांग्रेस नेतृत्वमा सत्ता गठबन्धनलाई भत्काएर एमालेको साथमा एमसिसी अनुमोदन गर्ने वातावरण कांग्रेसले बनाइरहेको छ । उक्त वातावरणका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी पनि खुबै सक्रिय भएका थिए ।
फागुन १० गते मंगलबार पश्चिमा मुलुकका १० जना राजदूतहरुले बैठक गरेको थाहा पाएर नै चीनले २०७८ फागुन ११ गते बुधवार एमाले र एकीकृत समाजवादीका अध्यक्षसँग भिडियो कुराकानी गरेको स्राेत बताउछ छ ।
स्राेतका अनुसार, एमाले अध्यक्ष केपी ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र विदेश विभागका उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका थिए ।
चीनले उनीहरुसँगको छलफल नेपालसँगको विकासमा हुनसक्ने साझेदारी र विआरआई परियोजनालाई अगाडि बढाउनेबारे केन्द्रित रहेको चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको वेवसाइटमा उल्लेख गरेको छ ।
माधव नेपालसँगको कुराकानी विभागले अंग्रेजी भाषाको साइटमा पनि राखेका छन् भने अध्यक्ष ओलीसँगको कुराकानी चाहिं चिनियाँ भाषाको साइटमा मात्रै राखेको छ । यो घटनालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रचण्डसँग झन्डै एक घण्टा विभाग प्रमुख ताओसँगको भएको कुराकानी पनि चिनियाँ भाषाको साइटमात्रै राखिएको थियो ।
चिनियाँ नेताहरुसँग छलफल गरेको भोलिपल्ट माधव नेपालले नेपाली भूमिका चीनविरुद्ध प्रयोग हुन नदिने बताएका थिए भने अध्यक्ष ओलीले एमसिसी पारित गर्न कांग्रेससँग घनिभूत छलफलमा जुटेका थिए । चीनसँग ओली रुष्ट भएकोले पछिल्ला दिनमा चीनको सल्लाहलाई वेवास्ता गरिरहेका हुन्छन् । चीनले पनि ओलीप्रति अविश्वास नै व्यक्त गरिररहेको छ ।
केही महिनाअघि चीनले दक्षिण एशियाका कम्युनिष्ट पार्टीहरुसँग छलफल गर्न भनेर गरेको भिडियो कन्फ्रेरन्समा पनि केपी ओलीलाई निम्ता दिएको थिएन र एमालेबाट प्रतिनिधित्व गर्ने विदेश विभाग प्रमुख राजन भट्टराईलाई बोल्न दिएको थिएन । उक्त कन्फ्रेरन्समा नेपालबाट प्रचण्ड, माधव नेपाल र विप्लवलाईमात्रै बोल्न दिएको थियो ।
चीनले जे कुरामा चासो बढिराखेको हुन्छ, त्यसैलाई वेवास्ता गरेर केपी ओलीले आफ्नो गतिविधिलाई थप सक्रिय बनाउने गरेको बताइन्छ । त्यसैले फागुन १२ गते बुधवार ताओसँग छलफल गरेको भोलिपल्ट फागुन १३ गते बिहीबार नै कांग्रेससँग सहकार्यका लागि तीब्रगतिमा छलफल गरे । एकैदिनमा दुईपटक छलफल गरेर यी दुई दल सहमति नजिक पुगेकाे स्राेत बताउछ ।



