🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : नेता सिटौला

बनियानी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताउनुभयो ।

निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उहाँको भनाइ छ । “यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन”, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।”

उहाँले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताउनुभयो । “जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु”, उहाँले भन्नुभयो, “स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।”

जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उहाँले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिनुभयो । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गर्नुभयो ।

गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
–––