काठमाडाैं । कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुको गतिविधि शंकास्पद देखिएकोले निजहरुलाई एयरपाेर्ट सेक्युरिटी अफिसका प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेट (Welcome Gate) मा नियन्त्रणमा लिई सोधपुछ एवं खानतलासी गर्दा सुनको सिक्री र ब्रासलेट भन्सार छली गरेको अवस्थामा फेला पारेको जानकारी दिउकाे छ ।
निज यात्रुहरुलाई धादिङ जिल्ला गंगाजमुना गा.पा.वडा नं. ६, बसेरी स्थायी वतन भएका सवारी चालक अनुमति पत्र नं. ०३-०६-००३९५६१२ वाहक वर्ष २७ को गणेश मल्लले भन्सार छली गर्न लगाएको हो भनी खुलाए थिए ।
त्यस पश्चात् गणेश मल्ललाई एयरपाेर्ट सेक्युरिटी अफिसका प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा ''यात्रुहरुले लिई आएको सुनको सिक्री र ब्रासलेट संकलन गर्न म आएको हुँ” भनी स्वीकार समेत गरेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले बरामद गरेका सुनका गहना सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि २०७८ फागुन ०४ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी एयरपाेर्ट प्रहरीले दिएकाे छ । ।
बरामद गरिएका गरगहनाकाे विवरण
ईलाम चुलाचुली गा.पा.वडा नं. २, तोरीवारी स्थायी वतन भएका राहदानी नम्बर ०७६४३१६३ वाहक वर्ष २६ को अर्जुन राईको साथबाट सुनको सिक्री थान- १ को तौल ७० ग्राम, अन्दाजी मूल्य रु.५,८०,३३५।– (अक्षरुपी पाँच लाख असी हजार तीन सय पैतीस रुपैयाँ) ।
सुर्खेत जिल्ला गुर्भाकोट न.पा.वडा नं. ४, साहरे स्थायी वतन भएका राहदानी नम्बर ०९१९२५५६ वाहक वर्ष ३४ को भुपेन्द्र विष्टको साथबाट सुनको सिक्री थान- १ को तौल ७० ग्राम, अन्दाजी मूल्य रु.५,८०,३३५।– (अक्षरुपी पाँच लाख असी हजार तीन सय पैतीस रुपैयाँ)
सर्लाही जिल्ला धनकौल गा.वि.स.वडा नं. ६ स्थायी वतन भएका वर्ष २५ को महेन्द्र ठाकुरको साथबाट सुनको सिक्री थान- १ को तौल ७५ ग्राम, अन्दाजी मूल्य रु.६,२१,७८७.५०।– (अक्षरुपी छ लाख एक्काइस हजार सात सय सतासी रुपैयाँ पचास पैसा)



