🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एजेन्ट दीपक भट्ट सम्पर्कविहीन : बुढी गण्डकी सम्झौता रद्द गर्ने तयारी  

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले केही महिनाअघि बुढी गण्डकी जलविद्युत आयोजनाको ठेक्का लिएको चिनियाँ कम्पनी गेजुवाका नेपाल प्रतिनिधि दीपक भट्टसँग भेट गरेकी थिइन् । उक्त भेटमा मन्त्री भुसालले आयोजना बनाउने कि रद्द गर्ने ? भन्ने प्रश्न सोधेकी थिइन् । बनाउने भनेर हिंडेका एजेन्ट दीपक भट्टलाई काम अगाडि बढाउन मन्त्रीले दुई महिनाको समय दिएकी थिइन् । मन्त्री भुसालले समय दिएको दुई महिने म्याद कटिसक्दा पनि निर्णय भने केही भएको छैन ।

भुसालले अहिले के निर्णय गर्दैछिन् भन्ने प्रष्ट भएको छैन । तर, सरकारले केही साताभित्रै नयाँ निर्णय गर्ने संभावना भने उर्जा मन्त्रालयमा चर्चाको विषय बनेको छ । नेपालको सबैभन्दा ठूलो परियोजनामध्येमा गनिएको बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा सरकारले अब फेरि नयाँ निर्णय गर्न लागेको खबर छ । बुढी गण्डकीको विषयमा निकै लामो समयदेखि सरकार र ठेकेदार कम्पनीबीचको विवादले आयोजना अगाडि बढ्न सकेको थिएन । उर्जा मन्त्री पम्फा भुसालले बुढीगण्डकी आयोजनाको विषयमा बोल्ड डिसिजिन गर्ने तयारी गरेको स्रोत बताउछ । 

मन्त्रालय स्रोतका अनुसार, ठेकेदार कम्पनी गेजुवा कम्पनीसँगको सम्झौता तोड्ने तयारी भएको छ । उक्त तयारी अनुसार अब बुढीगण्डकी आयोजना अगाडि बढाउनका लागि सरकारी कम्पनी बनाइनेछ । मन्त्रालय स्रोतका अनुसार, उक्त निर्णय गर्ने अन्तिम तयारी भएको छ र आउने साताभित्रै निर्णय हुनसक्ने बताइएको छ । तर, अहिलेसम्म कुनस्तरको तयारी भएको छ सरकारले विकास समिति कस्तो बनाउँछ भन्ने चाहिं खुलेको छैन । चिनियाँ कम्पनी गेजुुवाले काम गर्न नसकेका कारण उसका नेपाल प्रतिनिधि दीपक भट्टलाई बोलाएर मन्त्री भुसालले दुई महिनाको अल्टिमेटम दिएकी थिइन् ।

दुईमहिना वित्दा पनि काम अगाडि बढाउने विषयमा प्रगति गर्न सकेको थिएन । नेपाली एजेण्ट भट्टमात्र होइन्, चिनियाँ प्रतिनिधिलाई समेत मन्त्रालय बोलाएर मन्त्री भुसालले काम अगाडि बढाउन वा काम छोड्ने निर्णय गर्न सुझाव दिएकी थिइन् । यो दुई महिनाको बिचमा भट्टले सरकारी निर्णय रोक्न निकै प्रयास गरेकोखबर छ । अहिले पनि  उर्जा मन्त्रालयमा भट्टले निर्णय प्रभावित गराउने प्रयास गरिरहेका छन् । एजेन्ट दीपक भट्टले बालुवाटार  र खुमलटारमा पनि आफ्नो शक्ति परिचालन गरिरहेका छन् ।

तत्कालीन समयमा प्रधानमन्त्री प्रचण्डले सरकार छोड्ने बेलामा २०७२ साल जेठमा गेजुवालाई ठेक्का दिने निर्णय गरेका थिए । त्यतिबेलाका उर्जा मन्त्री जनार्दन शर्माले सबैभन्दा बढी गेजुवाको पक्षमा लविङ गरेका थिए । अहिले शर्मा अर्थमन्त्री रहेका छन् । शर्माको भूमिका अहिले कस्तो छ भन्ने पनि खुलेको छैन ।