🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टे«डमा यूएन मिशन आएकालाई कार्याधिकृतबाट तनाब

श्रीमान् प्रधानसेनापतिज्यू, नेपाली सेना, जंगी अड्डा
    श्रीमान् नेपाली सेनाको विभिन्न ट्रेडमा नया“ सैनिक भर्ना गरिन्छ र सोही अनुसार आफ्नो सेवा अवधि सिनियर तथा कार्य दक्षताको आधार अनुसार बिभिन्न स्थानबाट छनौट गरेर शा.से.मा सहभागी हुन  खटाईने गरेको व्यहोरा श्रीमानलाई विदितै छ । त्यसैको आधारमा हामी पनि धेरै लामो समयपछि शा.से. छनौट भएका हौं । मिशन त ट्रेड अनुसार परियो तर मिशन ईलाकामा आएपछि कार्याधिकृतले ट्रेडको काम पनि गर्ने र पोष्टमा डिउटी पनि गर्ने भनि खटाउनु भयो । हो, हामी पनि मान्छांै डिउटीमा बिल्लादार नपुगेको भए कहिले कही“ बस्नलाई कुनै गाह्रो हैन । तर, जुन व्यक्ति डिउटी गर्न आएको हो ऊ चाहिं लाइनमा सुतेर बस्ने हामीले चाहिं आफ्नो ट्रेडको काम पनि गर्नुपर्ने र अनि पोष्टमा डिउटी पनि बस्नु पर्ने ?  अझ उहा“को आदेश पोष्टमा डिउटी नबस्ने भए नेपाल फर्काई दिन्छु रे यस्तो कहांको नियमहो श्रीमान् प्रधानसेनापतिज्यू ? यस्तै बिभिन्न तनाबबीच हामी आफ्नो कार्य गरिरहेका छौं । 
    श्रीमान् नेपाली सेनाले मिशन छनौट गर्दा कुन व्यक्तिले के काम गर्ने भन्ने कुरा पहिले नै उल्लेख गरेको त हुन्छ तर मिशनमा आएपछि त्यो कुरा लागू किन हुन्न श्रीमान् ? हामी ट्रेडमा आएका व्यक्तिहरूलाई मात्र किन पेल्न खोजिन्छ ? साधारण ट्रेडमा आएका व्यक्तिहरू दिनमा र रातमा ३÷३ घण्टा डिउटी पूरा गरेपछि फ्री भएर लाइनमा बस्न पाउ“छन् तर ट्रेडका व्यक्तिहरू आफ्नो ट्रेडमा काम गरिरहेका हुन्छन् र पनि अन्य डिउटीमा खटाईएको छ । श्रीमान् यदि ट्रेड अनुसार कार्य नहुने भए सबैलाई एउटै तरिकाले साधारण (ईन्फेन्ट्री रोल) मा मात्र छनौट गर्दा पनि हुने देखिन्छ । जुन प्राविधिक र सैनिक कर्मचारीलाई प्रिडिप्लोईमेन्ट तालिमको दौरानमा पनि वि.शा.का.ता.के.मा पनि १० राउण्ड मात्रको जिरोईङ्ग गराईन्छ । प्राबिधिक र सैनिक कर्मचारीलाई मिशन ईलाकामा कुन डिउटीको लागि खटाईन्छ श्रीमान् प्रधानसेनापतिज्यू ? प्राबिधिक र सैनिक कर्मचारीलाई आफ्नो ट्रेड अनुसार कार्य गर्नेगरी छनौट गरिएको हो या ईन्फेन्ट्री रोलमा पोष्टमा र रोमन तथा पट्रोल जान खटाईएको हो यो कुरा स्पष्ट भएका छैनौ यदि त्यसो हो भने यो टे«ेडमा सकल दर्जालाई छनौट गर्ने प्रबधान खारेज गर्दा नै राम्रो हुन्छ होला जस्तो हामीलाई लागेको छ । हो मिशनमा छौं मिशन भनेको द्वन्दग्रस्त क्षेत्रमा छौं यहा“को सिचुयसन अहिले जटिल छ तर त्यो भन्दैमा ईन्फेन्ट्री रोलमा आएका व्यक्तिलाई डिउटी नखटाई हामीलाई डिउटी खटाउने गरिएको छ किन। हामी प्राबिधिक तथा सैनिक कर्मचारीको डिउटी के हो र के गर्ने भन्ने क्इए भएमा हामीलाई पनि जानकारी हुने थियो कि हाम्रो काम के हो भनेर । हामी त आफ्नो कामको लागि भनेर आएका हुन्छौ“ तर यहा“ आएर आफ्नो ट्रेडभन्दा बाहिर गएर काम गर्नु पर्दा खिन्न मन जसलाई पनि हुन्छ । तसर्थ हामीलाई आशा छ हजुरले यसलाई अन्यथा नलिई यसको सही निर्णय लिई दिनु हुने छ भन्नेमा हामी आशावादी हुन्छांै । साथै सैनिक संगठन निर्देशनालयबाट प्राविधिक र कर्मचारीको एस.ओ.पी. जारी गरि परिपत्र गरिदिनु हुन समेत हामी जाहेर गर्न चाहन्छौं ।
        –पीडित प्राबिधिक तथा सैनिक कर्मचारीहरू