🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आठौं बर्षमा प्रवेशस”गै मेगाका अनेक आकर्षण

काठमाडौं । सातौं बर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा २०७४ साउन ७ गते शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेका छन् । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको जानकारी पनि दिए । 
अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्जर प्रक्रिया जारी रहेको भन्दै टुरिजमसंगको मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पु“जी भएको बैंकहरूमध्ये पर्ने बताए । 
 ‘संघीयताको कार्यान्वयनसंगै नया“–नया“ आर्थिक सम्भावना र चुनौतीहरू देखिन थालेका छन् । त्यसैले नया“ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नया“ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना’ बनाएको बताउदै अध्यक्ष शाहले भने– ‘त्यसका लागि हामीले विज्ञहरूसंगको छलफलबाट पा“च बर्षे योजना तय गरेका छौं ।’ आर्थिक सम्भावनाका नया“ क्षेत्रहरू पहिल्याउ“दै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्ने उनले बताए । 
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नया“ शाखा खोल्ने जानकारी दिए । स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उनले नया“ नगरपालिका र गाउ“पालिकामा शाखा विस्तार गरिने जानकारी पनि दिए ।
सिइओ शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको बताउदै भने स्थापनाको पहिलो बर्षदेखि नै मेगा बैंकले नाफा आर्जन गरेको र आगामी बर्षदेखि मेगाको मुनाफा झनै बढ्ने दावी गरे । 
सिइओ शाहले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिंदै छिट्टै प्रतिशेयर एक सय रुपैया“का दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरूलाई निष्काशन गर्न लागेको जानकारी दिए । 
बार्षिकोत्सवको अवसरमा सिइओ शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गरे । मेगा बैंकका ग्राहकहरूले अब जीवन वीमा र निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बीमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसंग साझेदारी गरेको छ भने निर्जीवन बीमाका लागि बिभिन्न कम्पनीहरूसंग सम्झौता गरेको छ ।  
‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन ८ अर्ब बढेर ३९ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करीब ७.४ अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह २७.८ अर्बबाट बढेर ३५.१५ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै २ लाख ६० बढेको छ । कर्जाको औसत आकार ३४ लाख र निक्षेपको १ लाख ४९ हजार रहेको छ । 
मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करीब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।