🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा को ?

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन संघको महाधिवेशन २०७४ चैत ४ देखि ६ गतेसम्म चितवनमा भइरहेको छ । युनियनका अध्यक्ष सुबोधकुमार देवकोटाले पटक पटक मिति तोक्दै सार्दैआएको महाधिवेशन यो पटक भने भएको छ । नेपाली कांग्रेसनिकट कर्मचारीहरुको संगठन युनियनको महाधिवेशन यो पटक गर्न पार्टीले नै दबाब दिएपछि अध्यक्ष देवकोटाले गर्न बाध्य भएका छन् ।

करीब ८ बर्षदेखि अध्यक्ष रहेका देवकोटाकै पालामा युनियनमा फुट आएर संघ बनेको थियो । युनियन र संघबीच एकीकरण भएपछि हुन लागेको यो महाधिवेशनमा शरद अधिकारी अध्यक्षका दाबेदार छन् । शरद अधिकारी कर्मचारीबीचमा इमान्दार छविका भनेर चिनिन्छन् । ट्रेड युनियनलाई टेण्डर युनियन बनाउनबाट बचाउन र निजामती सेवालाई मर्यादित बनाउन पनि शरद अधिकारीलाई युनियनको अध्यक्ष बनाउनुपर्ने पक्षमा कर्मचारी छन् । अधिकारी वन मन्त्रालयका अधिकृत हुन् ।

युनियनको अध्यक्षमा राजस्व समूहका गोपाल पोखरेलले पनि दाबी गरेका छन् । उनी पथलैया सुख्खा बन्दरगाहदेखि विभिन्न आकर्षक राजस्व कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । उनको परिवारबाट निजामती सेवामा प्रवेश गरेका सबै भ्रष्टाचारमा परिसकेका छन् ।

राजस्व समूहमा ब्रम्हलुट मच्चाउने अग्रपंक्तिमा नायबसुब्बा गोपाल पोखरेलको नाम आउँछ । अध्यक्ष देवकोटाले गोपाल पोखरेललाई समर्थन गरेका छन् । निजामती कर्मचारी संघको अध्यक्ष भएका र एकीकरणपछि सहअध्यक्ष भएका शोभाकर रेग्मी शरद अधिकारीलाई अध्यक्ष बनाएर युनियनलाई एक विशुद्ध टे«ेड युनियन आन्दोलनको पक्षमा ल्याउने पक्षमा छन् ।

जागिरे जीवनका १५ बर्ष भन्दा बढी कलंकी मालपोतमा बर्ष काम गरेका अधिकृत राजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा दाबी गरेका छन् । यद्यपि उनी अधिकारी र पोखरेलमध्ये एकतिर लाग्ने पनि उत्तिकै संभावना छ ।

निजामती सेवा ऐन अनुसार ट्रेृड युनियनको अध्यक्ष कुनै पनि कार्यालयको प्रमुख हुन पाउँदैन तर ऐनलाई चुनौती दिदै देवकोटा ३ बर्षदेखि सहिदमार्ग आयोजना रोल्पाको प्रमुख पड्काएका र हाल गल्छी–स्याफ्रुबेसी सडक आयोजनाको प्रमुख छन् । देवकोटा आधिकारिक ट्रेड युनियनका पनि महासचिव हुन् । दुवैतिर पद ओगटेका देवकोटा सडक विभागका सरुवा बढुवाका डिजाइनर हुन् । उनले पुष्पकमल दाहाल र शेरबहादुर देउवा सरकारमा आरजु देउवा र उनका भाइ भूषण राणासग मिलेर सडक डिभिजन र आकर्षक आयोजनाका प्रमुखहरु सरुवामा आर्थिक डिल गर्ने गरेका थिए । सडकका सरुवा बढुवामा भौतिक मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक नै उनैको सल्लाहमा गर्दैआएका थिए । उनी सडकका अरबपति इन्जीनीयर हुन् ।

 (२०७४ चैत ५ गते साँघु साप्ताहिकबाट)