🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यति घीनलाग्दा निकृष्ट कर्म हुन्छन्; अनि कसरी बन्छ देश ?

राम राम राम , हरी हरी हरी के के सुन्नु पर्छ ! तेस्का बाजे ! बन्ला त मुलुक ?  हाल्यौ पुस्तालाई २०० बर्ष खाल्डामा ?

एसएलसीको केन्द्राध्यक्षमा राजनीतिक भागवण्डा !

वैद्य माओवादीले समेत दुईवटा केन्द्राध्यक्ष पायो !

सुन्दैमा अचम्म लाग्न सक्छ ! अदालतका न्यायाधीश, सम्वैधानिक निकायहरु, विश्वबिद्यालयका पदाधिकारीहरु, विकास समितिका प्रमुख र सदस्यहरु, संस्थानका प्रमुखहरुलाइ मात्रै दलीय भागवण्डा गरी पार्टीका झोलेहरु नियुक्त गर्नेगर्थे। तर, मोरङ जिल्लामा एसएलसीको केन्द्राध्यक्षहरु समेत् पार्टीगत भागवण्डा गरी नियुक्त गर्न पार्टीगत भागवण्डा मिलाउन बुधबार बिहानसम्म विवाद जारी रह्यो ।

बिहीबारदेखि शुरु हुने एसएलसी परीक्षाका लागि केन्द्राध्यक्षको भागवण्डा अन्तिम चरणमा आएर बुधबार बिहानमात्रै जिल्ला शिक्षा कार्यालयमा बसेको ‘सर्वदलीय’ बैठकले टुङ्गो लगाएको छ ।

दलीय भागवण्डा मिलेपछि वैद्य माओवादीले समेत एएसएलसीका लागि दुईजना केन्द्राध्यक्ष पाएको छ भने साना पार्टीले एक/एकजना केन्द्राध्यक्ष पाउने भएका छन् ।

-Dr.Binod Neupane