🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक कारवाही :  किन कसैलाई काखा कसैलाई पाखा ? 

श्रीमान सम्पादकज्यू 

नेपाली सेनामा पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि भ्रष्टहरूको सातोपुत्लो उड्छ, सैनिक नियमको पूर्ण पालना हुन्छ भन्नेमा हामी ढुक्क छौं । भूतपूर्व, वर्तमान र दिवंगत जर्नेल, कर्णेलको घरमा घरयासी कामदारका रुपमा सरकारका सिपाहीहरु शोषित, पीडित भएर बसेका छन् ।

हामी सकल दर्जाका मानिसहरु  घरायसी कामदारको रुपमा रहेका हामी मुक्त हुन चाहन्छौं । चिफ साबकै पालामा  आफ्नोलाई  भलो अरुको कुभलो प्रथा हट्छ भन्ने कुराको अपेक्षा गरेका थियौं ।  तर, आजभोलि चाहिं नेपाली सेनामा हुने कारवाही अहिले हाउगुजी मात्रै हो कि भन्ने लाग्न थालेको छ । किनकि आफ्नोलाई काखा अरुलाई पाखा लगाएको सैनिक कारबाहीबाट देखिएको छ । 

 जस्तो भर्खरै मात्र निर्णय भएको समरी सैनिक अदालतले  प्रमुख सेनानी देबबहादुर बहादुर क्षेत्रीलाई आर्थिक अनियमितता गरेको आरोपमा करिब  ५ लाख तिराउने र २ वर्ष प्रमोसन कट्टा गर्ने निर्णय गरेको छ । जबकि निजको पदोन्नति कट्टाले कुनै असर पर्दैन । किनकि २ वर्षसम्म प्रोमोशन बोर्ड मै पर्दैन । तर, यही केशमा पहिलाको प्रधानसेनापति छत्र मान सिंह गुरुङ्गले प्रमुख सेनानी प्रयोग राज भण्डारीलाई रु.  १ लाख  ५० अनियमितता गरेको ठहर गर्दा  पैसा तिराएर पनि ६ महिना जेल हालेको थियो । 

 त्यस्तै गरि प्रमुख सेनानी रामजी थापालाई रु. १ लाख आर्थिक अनियमिततामा २ महिना सिभिल जेल पठाएको थियो । त्यस्तै गरि प्रमुख सेनानी रामेश्वर सुवेदीलाई  २ लाख हिनामिनामा ३ महिना जेल पठाएको थियो । तर, किन ५ लाख हिनामिना गरेको ठहर गर्दा पनि दण्ड मात्र तिराएर मात्र कुनै कारवाही भएको छैन । किनकि निज क्षेत्री कर्साब पहिला वर्तमान प्रधानसेनापतिको स्टाफ बसेका थिए  र प्रधानसेनापतिको रोजाइमा नै सैनिक स्कूलमा पठाइएको थियो ।

के यो कसैलाई काखा कसैलाई पाख  भएन र चिफ साब ? र, कारबाही त पहिलाको प्रधानसेनापतिहरुले नि गरेका थिए । तर पत्रिकामा दिंदैन थिए । कोर्ट अफ इन्क्वायरी, कोर्ट मार्शल गरेको  कारवाहीहरु  आन्तरिक मै सीमित राखिन्थ्यो । तर, अहिले त सैनिक अदालतले कारबाहीको निर्णय सुनाउन भन्दा पहिला जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गरिसकेको हुन्छ । पत्रपत्रिकामा आइसकेको हुन्छ ।

यस्तो प्रचार प्रसार गर्दा कारबाहीको विवरण बाहिर छरपस्ट पार्दा नेपाली सेनाको बेइज्जत भएन र ? वाह्य देशमा सेनाभित्रका ठूलठूला कारवाही पनि हत्तपत्त सार्वजनिक हुँदैनन् । तर, नेपालमा भने नेपाली सेनाभित्रका सानासाना आन्तरिक कारबाहीहरु पनि हतार हतार सार्वजनिक किन हुन्छ ?

आर्थिक अनियमितताका घटनाहरु पहिलाको प्रधानसेनापतिको कार्यकालमा पनि भएकै हुन् । सेनाबाट अवकास भएका दुई तारे, तीन तारे, चार तारेहरु अर्बपति र  दसौ करोडका मालिक भएको सेनाभित्रका सकल दर्जालाई थाहा छ । खै त त्यतातिर छानविन र कारवाही ? त्यही भएर खासै नयाँ नौलो त केही भएको जस्तो हामीले महसुस गरेका छैनौ । 

नेपाली सेनाका विल्लादारहरु