‘नागरिक र प्रहरीको सहकार्य आजको आवश्यकता सुरक्षित समाज निर्माण हाम्रो प्रतिबद्धता’’ महानगरीय प्रहरीको नारा हो । महानगरीय प्रहरी मातहत उपत्यकाका काठमाण्डौ ललितपुर र भक्तपुर प्रहरी परिसरहरू पर्दछन् । यी परिसरहरू मातहत पनि बृत्त, प्रभाग र चौकीहरू समेत पर्दछन । तर हिजोआज प्रहरीमा गैरब्यवसायिक चरित्र र भद्रगोल यति धेरै बढेको छ कि उपत्यकामा कार्यरत धेरै जसो प्रहरीहरू कुनै न कुनै अपराधिक क्रियाकलापमा संलग्नहरूसंग जोडिने गरेको पाइन्छ ।
माथिल्लो दर्जाका हाकिमहरू जागिरबाट विदा हुने बेलामा तल्लो दर्जा भने कमाउ धन्दा र असुलीमा ब्यस्त रहेका छन् । जसले गर्दा भ्रष्टाचार, तस्करी जस्ता बेथिती मौलाउन गई लागू औषध, जबर्जस्ती करणी बढिरहेका छन । अनुगमन गर्ने निकायको सुस्तताको कारण उपत्यका प्रहरी फोर्समा बेथिती दैनिक बढ्दो छ ।
केही समय अगाडि महानगरीय प्रहरी कार्यालयको नाकै मुनि असई रेसम खड्का गत हप्ता तीन लाख घुससहित अख्तियारको फन्दामा परेका घटना हुन वा जबरजस्ती करणीमा पीडकसंग मिलेर पैसा लेनदेन गरेका दरबारमार्ग प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी वा भक्तपुर दधिकोट प्रभागमा कार्यरत प्रहरी जवान अठार हजार घुससहित अख्तियारमा पक्राउ परेका घटना हुन यस्ता यावत घटनाले उपत्यका प्रहरीको लोभ लालच र पैसा कमाउने प्रबृत्तिले को बेथिती र विकृतिको उजगार हुन्छ ।
यस्तै महानगरीय प्रहरी परिसर ललितपुर मातहतको शान्ति सुरक्षा दिनानुदिन खस्कँदै गई बेथिती र बिसंगति यति धेरै बढेको छ कि भनि साध्य छैन । हाकिमहरू आउने आफ्नो जागिर खाने– जाने मात्र भएकोले मातहतमा प्रहरी निरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्म ईन्चार्ज बस्ने कार्यालयहरूमा खुलम्खुला घुस र भष्टाचारको लेनादेना हुने गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँका ईन्चार्ज प्रहरी निरीक्षक संजीब खडका त झन गैरब्यवसायिक काममा सबैभन्दा अगाडि छन ।
कार्यालयमा नै युनिर्फम नलगाई बस्ने, मापसेमा रमाउने, डिउटीमा लापर्वाही छ । बाँडेगाउँको प्रहरी प्रत्येक भट्टी र डिपोहरूबाट महिनावारी तोक्न र असुल्न ब्यस्त छ । जुनियर प्रहरीलाई बाइपास गर्दै प्रहरी हवल्दारद्वय गोपाल बाँस्तोला र चालक राधे खडकालाई इन्चार्जले अघोषित सल्लाहकार बनाएको गुनासो ललितपुर परिसरमा आएको छ ।
सधै जसो प्रभागको बुर्जामा हवल्दारद्वयसंगै बसेर कफी पिउँदै बिभिन्न योजना बनाउने गरेका, हवल्दारद्वयले भने अनुरुप नै परिचालन हुने गरेको गुनासो छ ? गत महिना जग्गा कारोबारीसंग मिलेर अबैध जग्गा पलटिङ्घबाट असी हजार नगद हात पारेबाट उजुरी समेत परेकोमा गोदावरी, दमाईटार र गोदामचौरका स्थानीयले कुन दिन चौकी घेराउ गरी उधुम मच्चाएमा अचम्म नमाने हुन्छ ।
केही दिन अघि लगनखेल प्रभागका सई जय ब. सिंहले संचार सेटमै जथाभावी बोल्दा र परिसरलाई समेत तथानाम आदेश दिंदा समेत हाकिमहरू तै चुप मैं चुप बाध्य भए ।
शक्तिको अगाडि कसैको केही नलाग्ने रैछ भन्दै परिसर प्रमुख समेत निरीह र नतमस्तक बनेको देखियो । निज सई मेट्रो प्रमुख जयवहादुर चन्दको आफन्त भएको र मेट्रो वानकै पावरमा लगनखेल ईन्चार्ज आएकोले हाकिमहरूले जागिर जोगाउनको लागि कुनै कारबाही गर्न नसकेको वा नचाहेको चर्चा छ । राम्रा र कमाई हुने ठाउँहरूमा ईन्चार्ज जानका लागि परिसर प्रमुखका खास मान्छे र नजिकका सईहरू दिनेश थापा, सन्तोष बराल र मिठु खड्काहरू ललितपुर परिसरमा बसी जुँगामा ताउ लाउदै बसेका छन् । तर, परिसर प्रमुख न त खटाउन सक्छन् । न त खटाएको ठाउँमा डियुटीमा पठाउन र्नै सक्छन ।
त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका जुनियर प्रहरी अधिकृत ईन्चार्ज रहने युनिटहरूमा गत महिना परिवर्तन गरेको थियो र त्यसको तत्काल कार्यान्वयनका लागि परिसरहरूलाई परिपत्र गर्दा समेत कार्यान्वयन गर्न गाह्रो भयो ।
कारण प्रभाग बालकुमारी र प्रभाग लुभुको सईहरूले पैसा र राजनैतिक शक्तिको आडमा मेट्रो र परिसर प्रमुखलाई प्रभावमा पारी पुरानै ठाउँमा भिडिरहे । एआइएजी सापले खटाएको मान्छेहरू रोकियो अब कसैले केही पनि गर्न सक्दैनन् भन्दै डम्फु बजाउदै हिंड्न थालेका छन सईद्वय बिजय र अरुण उप्रेतीहरू । निजको बदलीमा खटिएका सईहरू महेश सिंह र रुपक थापालाई परिसरमै कामकाज गर्ने गरी हाजिर गराईएको छ ।
लामो समय सम्म एकै स्थानमा बस्न खोज्नुको कारण के हो ? खोजी गरिनु पर्छ । यसबाट अनैतिक क्रियाकलाप र भ्रष्टाचार भन्ने स्वतः स्पष्ट हुन्छ । नियत ठीक भएको भए ईन्चार्ज परिबर्तन हुनासाथ रोकी पाउनका लागि र कार्यान्वयन नगराउनका लागि रातारात किन हाकिमहरूको घरदैलो र बिभिन्न शक्तिकेन्द्रमा धाउछन ? लामो समय एउटै स्थानमा बस्ने परिपाटी निरुत्साहित गरी प्रत्येक ६ महिनामा स्वतः परिवर्तन हुने व्यवस्था लागू गरेमात्र चुस्त र दुरुस्त डिउटी भई शान्ति सुरक्षा र अमन चयन कायम हुन्छ र सबैले ईन्चार्ज हुने पालो पनि पाउँछन ।
कतिपय सई र असई ईन्चार्ज बस्ने युनिटका ईन्चार्जहरू त दुई बर्षभन्दा बढी समयदेखि हालसम्म एउटै युनिटमा बसेर मस्ती गरिरहेका छन । तिनीहरूलाई चलाउने कसले ? –निवेदक, प्रहरी फोर्सको भलो चाहनेहरू, महानगरीय प्रहरी परिसर, ललितपुर



