🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 प्रधानमन्त्री ओलीद्वारा सम्मान गर्दै क्रिकेट खेलाडीलाई रु तीन लाख दिने घोषणा

काठमाडौँ, ७ फागुन (रासस) :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा फागुन ७ गते प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन्  । उक्त रकम फागुन ११ गते शुक्रबार हस्तान्तरण गरिने बताइएको छ । 

\"\"

प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायड  खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गरेका छन्  ।