🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिमपातले मनाङमा सडक तीन दिनदेखि अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

 

लमजुङ, १६ पुस : मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।

हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केहीदिन लाग्नेछ ।

मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ । 

न्युज कारखाना
 

\"Avatar\"