🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम

लमजुङ, १६ पुस । लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएकाे हाे ।

जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दाेस्राे भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

गोरु धनीलाई सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य भवानी केसी, क्लवका अध्यक्ष चित्रबहादुर केसी र फिजिकल सेन्टरका अध्यक्ष विष्णु बहादुर खड्काले संयुक्त रुपमा पुरस्कार वितरण गरे । लमजुङमै सुन्दरबजारमा पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो ।

न्युज कारखाना