🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेलकुदको पुनःनिर्माणमा चीन

 काठमाडौं । नेपाली खेलकुदमा चिनियाँ सरकारको प्रवेश भएको छ । जति पनि भौतिक पूर्वाधार छन् ती सबैजसो चीनले नै बनाउने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले बनाएका कुनै पनि पूर्वाधार उसको सहमति बेगर तलमाथि गर्न पाइने छैन । चीनको यो सम्झौता भने ७० वर्षसम्मको रहेको बताइएको छ । अर्थात् चीनले ७० वर्षसम्म कुनै पनि पूर्वाधार बिग्रिए वा मर्मत गर्नुपर्ने भए आफै आएर बनाउने छ । काठमाडौंमा रहेको चिनियाँ राजदूतावासको सहमतिपछि मात्र थपघटबारे प्रक्रिया अगाडि बढ्ने छ । 

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै छिमेकी मित्र राष्ट्र चीनले नेपाली खेलकुदमा पुनःर्निर्माणको हात हालेको हो । सातदोबाटोमा रहेका मुख्य पूर्वाधार चीनले बनाउने छ । चीनले पौडी पोखरीमा पनि हात हालेको छ । भइरहेको पौडीपोखरीलाई पुनःनिर्माण गर्न खोज्दा पौडीको सिजनमा समेत असर पुग्ने हो कि भन्ने चिन्ता ब्यक्त गर्न थालिएको छ । त्यसैगरी अन्य संरचना पनि बनाइँदैछ । 

मुलुकको एकमात्र दशरथ रंगशाला लथालिङ्ग छ । त्यसको मर्मत र निर्माण पहाड फोर्नुभन्दा कठिन छ । ०७२ सालको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले असर पु¥याएका संरचना पनि चीनले बनाउने छ । भूकम्पमा मुलुकका तीस सानाठूला पूर्वाधारमा क्षति पुगेको थियो । तर, चीनको भागमा तत्कालका लागि सातदोबाटो खेलकुद परिसर र त्रिपुरेश्वर रहेको छ ।

हुन त राष्ट्रिय खेलकुद परिषदले देशभरमा १४ वटा कभर्ड हल, ८ वटा रंगशाला र केही जिल्ला खेलकुद समितिका भवनसंगै केही एकेडेमीहरूमा क्षति पुगेको प्रतिवेदन भूकम्पपछि नै तयार पारेको थियो । तर, त्यसलाई मर्मत गर्नेतर्फ खेलकुद परिषद नलाग्दा समस्या भएको थियो । 
खेलकुद परिषदलाई संरचना पुनःर्निर्माण गर्ने कुनै हतारो देखिएको छैन । तर, आसन्न सागका लागि ढिलै भएपनि चीनले काम थालेको छ । चीनले जथाभावी संरचना बनाउने र भत्काउने खेलकुद परिषदको प्रवृत्ति भने रोक्ने भएको छ । यसो गर्दा भ्रष्टाचारसमेत रोकिने विश्वास गरिएको छ । 

यसले परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई भने कुनै समस्या नहुने भएको छ । उनी चिनियाँ यस कदमप्रति खुसी भएको बताइएको छ । आफ्नो कार्यकालमा दिगो तरिकाले निर्माण गर्ने कम्पनी छिरेपछि उनी खुसी देखिएका हुन् । 

परिषद उच्च स्रोत भन्छ –सानातिना काम गरेर ठूलो रकम हसुर्ने बानी परेकाहरूलाई यसले भने रोक लगाउने भएको छ । चिनियाँ कम्पनीले आफूले निर्माण गरेको काममा केही तलमाथि गर्नुपर्ने भए आफूहरूलाई पूर्ण जानकारी दिएर आफूहरूकै टोली आएरमात्र थपघट गर्ने सर्त राखेको छ । 

हुन त चीनले अत्यावश्यकीय कामका लागि यहींकै प्राविधिकलाई सिकाउने गरेको छ । दशरथ रंगशालाको फ्लड लाइटका लागि पनि चीनले यहींकै इन्जिनियरलाई सिकाएको थियो । तत्काल आइपर्ने समस्याबारे यहींका सीमित प्राविधिकलाई सिकाएर जाने उनीहरूको नीति छ । 
फ्लड लाइटका ट्रान्समिटरहरू चोरी भइसकेकाले फ्लड लाइट पनि बनाउनु पर्ने भएको छ । यसले थुप्रै खर्च हुने अनुमान गरिएको छ । चिनियाँ यस कामप्रति विश्वस्त भने हुन सकिने परिषद स्रोत जनाउँछ । परिषदका अधिकांश कामहरू अब सातदोबाटोबाटै हुने भएका छन् । 

यसका लागि कार्यालयका सामग्री सार्ने काम भइरहेको छ । यसले गर्दा अब दशरथ रंगशालाको बाँकी संरचना पनि भत्काएर बनाउनु पर्ने देखिएको छ । त्रिपुरेश्वरमा रहेको कार्यालय सातदोबाटोमा सर्दा भने पायक नपर्ने भएकाले धेरैले समस्या बेहोर्नु पर्ने चर्चा खेलाडीहरूबीच सुरु भएको छ ।