🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सडक पाइलटसँग अन्तरंग : साहुको चित्त बुझाउन नियम तोडिन्छ–कुमार तामाङ

(मानिसको चोला अचम्मको छ । जस्तो लेखा लिएर आएको छ त्यस्तै भोग्छ जिन्दगीमा । आफूले नसोचेको पेशा गरिरहेको सुनाउने बाराका कुमार तामाड्ड काममा आनन्द लिइरहेका छन् । सन्तुष्ट नभए पनि आफूले गरेको कामलाई नराम्रो भन्नेले अरु के नै गर्ला भन्ने मान्यता उनको छ । ३३ वर्षीय कुमारले विदेशको पानी पनि खाए । त्यहाँ पनि रमाए । संधैभरि अर्काको देशको पानी खाने भए आफ्नो देशको महत्व घट्ने थियो होला । तर, उनले त्यो महत्व घट्न दिएनन् । अब फर्केर विदेश नगई यतै काम गर्ने उनको सोच छ । साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरड्डमा तिनै बा २ ख ९३२५ नम्बरको फोर्स गाडीमा भेटिएका कुमारसंग लिएको यो अन्तर्वार्ताको मुख्य अंश –सम्पादक) 

० गाडी चलाउन कहिलेदेखि थाल्नुभयो ? 
–भयो १३ वर्ष । 

० कसरी आउनु भयो त यो लाइनमा ? 
–पढाई आफैले बिगारियो । ७–८ कक्ष्ाँ भन्दा पढिएन । त्यतिबेला पढ्नै मन नलाग्ने । अहिलेबल्ल पछुतो लाग्छ । अब नपढेपछि केही काम त गर्नैप¥यो । आफन्त दाई हुनुहुन्थ्यो यही गाडी लाइनमा । अनि दुई महिनाजति ढोकामा बसें । त्यसपछि तत्कालै लाइसेन्स लिएर गाडी चलाउन थालिहालें । मलाई यो लाइनमा आउन अप्ठेरो भएन । 

० के चलाउनु भयो पहिले ? 
–काठमाडौंमै चलाएको हो । कलंकीदेखि गौशालासम्मको १९ नम्बरको सानो टोयटा गाडी चलाएँ । यो रुट अहिले त छैन कि जस्तो लाग्छ । अहिले त्यो रुट कता पुग्यो नै थाहा छैन । मैले दुई वर्ष त्यसरी काम गरें । 

० त्यसपछि कता नि ? 
–त्यसपछि मैले सानो गाडी नै काठमाडौं बीरगञ्ज चलाएँ । त्यो रुटमा पनि मैले दुई वर्ष नै चलाएँ । त्यहाँ चलाएपछि फेरि काठमाडौंकै रुटमा फर्कें । रत्नपार्क बुढानीलकण्ठसम्मको रुटमा चार वर्ष चलाएँ । 

० अनि त्यसपछि ? 
–त्यसपछि म विदेशतिर लागें । दुई वर्ष साउदीमा बसें । 

० साउदीमा के गर्नुभयो त ? 
–त्यहाँ पनि सानो गाडी नै चलाएँ । 

० गाडी चलाउन कता सजिलो ? 
–गाडी चलाउन त विदेशमै सजिलो छ नि । त्यहाँ जाम हुँदैन । एउटा सिस्टममा गाडी चल्छ । स्पिड उस्तै छ । ५० देखि २०० किलोमिटर प्रतिघण्टा चलाउन पाइन्छ । त्यहाँ गति कन्ट्रोल पनि हुन्छ । यहाँ त त्यस्ता बाटा नै छैनन् । नेपालमा सिस्टम पनि छैन । यहाँ त ट्राफिक प्रहरीले नै बाटो जाम बनाउँछ । 

० फेरि विदेश जाने सोंच छैन ? 
–फेरि जान सोचेको छैन । तर जान पनि सकिन्छ ।

 
० नेपालमा समस्या के छ ? 
–जाम बढी हुन्छ । कमाइ कम छ । भाडाको गाडी कोही राम्रो कोही नराम्रो ।

 
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ? 
–ठीकै छ । कहिलेकाहीं भाडाको गाडी भनेर पेल्ने काम हुन्छ । पेल्नु भएन । उसले पनि बालबच्चा पाल्न हिंडेको हुन्छ । हामी पनि नियम तोड्छौं । नगरी सुखै छैन । साहुको चित्त बुझाउन पनि नियम तोडिन्छ । नियम नतोडी पैसा कमाइँदैन । 

० दुर्घटना भएको छ कि ? 
–छैन । भगवानको कानमा नपरोस् । अलिअलि छोइछाइ त भइहाल्छ । 

० के रैछ त ड्राइभरको जिन्दगी ?
–जिन्दगी त लावारिस जस्तो लाग्छ । कसैले राम्रो भन्दैन । तर ठीकै छ । बाँच्ने आधार भएको छ । ज्यान पालिएको छ । 

० केही पछुतो छ र ? 
–त्यो त लाग्छ । गलत ठाउँमा छिरेजस्तो लाग्छ । अर्कै काम गर्नुपर्ने । दुनियाँको टेन्सन । सबैको ज्यान बोकेर हिंडिन्छ । तनाव मात्रै ।

 
० सम्मान त पाइन्छ होला नि ? 
–के सम्मान पाउने हो ? कसले दिन्छ सम्मान ? जसले सम्मान  दिनुपर्ने हो उसैले लात्ती हान्छ । पहिले पहिले त सम्मान हुन्थ्यो । अहिले त कसैले गर्दैन । 

० भोलि के गर्ने सोच छ त ? 
–यही काम सिकियो । यही नै गर्ने हो । 

० बच्चा बच्ची ? 
–एउटा छ । अब उसैलाई हुर्काउने । बढाउने । अनि लेखाइपढाई गराएर ठूलो बनाउने । ड्राइभर चाहिं बन्दैन । 

० चुनावमा भोट हालियो ? 
–हालिएन । अहिलेसम्म जुरेन साइत । 

० मन पर्दैन राजनीति ? 
–पर्दैन । सानैदेखि बाहिर बसियो । वास्ता छैन । नेताहरू देश र जनताका लागि काम गर्न खोज्दैनन् । मिलेर काम गरे हुने हो । अझै पनि देश र जनता सम्झेर काम गर्नलाई नेताहरूलाई कसैले रोकेको छैन त ।