(मानिसको चोला अचम्मको छ । जस्तो लेखा लिएर आएको छ त्यस्तै भोग्छ जिन्दगीमा । आफूले नसोचेको पेशा गरिरहेको सुनाउने बाराका कुमार तामाड्ड काममा आनन्द लिइरहेका छन् । सन्तुष्ट नभए पनि आफूले गरेको कामलाई नराम्रो भन्नेले अरु के नै गर्ला भन्ने मान्यता उनको छ । ३३ वर्षीय कुमारले विदेशको पानी पनि खाए । त्यहाँ पनि रमाए । संधैभरि अर्काको देशको पानी खाने भए आफ्नो देशको महत्व घट्ने थियो होला । तर, उनले त्यो महत्व घट्न दिएनन् । अब फर्केर विदेश नगई यतै काम गर्ने उनको सोच छ । साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरड्डमा तिनै बा २ ख ९३२५ नम्बरको फोर्स गाडीमा भेटिएका कुमारसंग लिएको यो अन्तर्वार्ताको मुख्य अंश –सम्पादक)
० गाडी चलाउन कहिलेदेखि थाल्नुभयो ?
–भयो १३ वर्ष ।
० कसरी आउनु भयो त यो लाइनमा ?
–पढाई आफैले बिगारियो । ७–८ कक्ष्ाँ भन्दा पढिएन । त्यतिबेला पढ्नै मन नलाग्ने । अहिलेबल्ल पछुतो लाग्छ । अब नपढेपछि केही काम त गर्नैप¥यो । आफन्त दाई हुनुहुन्थ्यो यही गाडी लाइनमा । अनि दुई महिनाजति ढोकामा बसें । त्यसपछि तत्कालै लाइसेन्स लिएर गाडी चलाउन थालिहालें । मलाई यो लाइनमा आउन अप्ठेरो भएन ।
० के चलाउनु भयो पहिले ?
–काठमाडौंमै चलाएको हो । कलंकीदेखि गौशालासम्मको १९ नम्बरको सानो टोयटा गाडी चलाएँ । यो रुट अहिले त छैन कि जस्तो लाग्छ । अहिले त्यो रुट कता पुग्यो नै थाहा छैन । मैले दुई वर्ष त्यसरी काम गरें ।
० त्यसपछि कता नि ?
–त्यसपछि मैले सानो गाडी नै काठमाडौं बीरगञ्ज चलाएँ । त्यो रुटमा पनि मैले दुई वर्ष नै चलाएँ । त्यहाँ चलाएपछि फेरि काठमाडौंकै रुटमा फर्कें । रत्नपार्क बुढानीलकण्ठसम्मको रुटमा चार वर्ष चलाएँ ।
० अनि त्यसपछि ?
–त्यसपछि म विदेशतिर लागें । दुई वर्ष साउदीमा बसें ।
० साउदीमा के गर्नुभयो त ?
–त्यहाँ पनि सानो गाडी नै चलाएँ ।
० गाडी चलाउन कता सजिलो ?
–गाडी चलाउन त विदेशमै सजिलो छ नि । त्यहाँ जाम हुँदैन । एउटा सिस्टममा गाडी चल्छ । स्पिड उस्तै छ । ५० देखि २०० किलोमिटर प्रतिघण्टा चलाउन पाइन्छ । त्यहाँ गति कन्ट्रोल पनि हुन्छ । यहाँ त त्यस्ता बाटा नै छैनन् । नेपालमा सिस्टम पनि छैन । यहाँ त ट्राफिक प्रहरीले नै बाटो जाम बनाउँछ ।
० फेरि विदेश जाने सोंच छैन ?
–फेरि जान सोचेको छैन । तर जान पनि सकिन्छ ।
० नेपालमा समस्या के छ ?
–जाम बढी हुन्छ । कमाइ कम छ । भाडाको गाडी कोही राम्रो कोही नराम्रो ।
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ?
–ठीकै छ । कहिलेकाहीं भाडाको गाडी भनेर पेल्ने काम हुन्छ । पेल्नु भएन । उसले पनि बालबच्चा पाल्न हिंडेको हुन्छ । हामी पनि नियम तोड्छौं । नगरी सुखै छैन । साहुको चित्त बुझाउन पनि नियम तोडिन्छ । नियम नतोडी पैसा कमाइँदैन ।
० दुर्घटना भएको छ कि ?
–छैन । भगवानको कानमा नपरोस् । अलिअलि छोइछाइ त भइहाल्छ ।
० के रैछ त ड्राइभरको जिन्दगी ?
–जिन्दगी त लावारिस जस्तो लाग्छ । कसैले राम्रो भन्दैन । तर ठीकै छ । बाँच्ने आधार भएको छ । ज्यान पालिएको छ ।
० केही पछुतो छ र ?
–त्यो त लाग्छ । गलत ठाउँमा छिरेजस्तो लाग्छ । अर्कै काम गर्नुपर्ने । दुनियाँको टेन्सन । सबैको ज्यान बोकेर हिंडिन्छ । तनाव मात्रै ।
० सम्मान त पाइन्छ होला नि ?
–के सम्मान पाउने हो ? कसले दिन्छ सम्मान ? जसले सम्मान दिनुपर्ने हो उसैले लात्ती हान्छ । पहिले पहिले त सम्मान हुन्थ्यो । अहिले त कसैले गर्दैन ।
० भोलि के गर्ने सोच छ त ?
–यही काम सिकियो । यही नै गर्ने हो ।
० बच्चा बच्ची ?
–एउटा छ । अब उसैलाई हुर्काउने । बढाउने । अनि लेखाइपढाई गराएर ठूलो बनाउने । ड्राइभर चाहिं बन्दैन ।
० चुनावमा भोट हालियो ?
–हालिएन । अहिलेसम्म जुरेन साइत ।
० मन पर्दैन राजनीति ?
–पर्दैन । सानैदेखि बाहिर बसियो । वास्ता छैन । नेताहरू देश र जनताका लागि काम गर्न खोज्दैनन् । मिलेर काम गरे हुने हो । अझै पनि देश र जनता सम्झेर काम गर्नलाई नेताहरूलाई कसैले रोकेको छैन त ।



