🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एएफसी कपमा छनोट हुन मनाङ र मछिन्द्रको महाभिडन्त

काठमाडौं, १० पुस : अघिल्ला सिजनमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टोली सीधै एएफसीको प्रतियोगितामा छनोट हुने परम्परा थियो । तर. यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

हाल नेपालमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स रहेको छ ।

विभागीय टोली आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । अब  एएफसी कपमा छनोट हुन मछिन्द्र र मनाङबीच महाभिडन्त हुँदैछ । अन्य १० टोली शीर्ष स्थानमा भए पनि लाइसेन्स नहुँदा लिग च्याम्पियन हैसियतमा एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउदैनन् ।

\"\"

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । तथ्यांक बताउँछ मनाङलाई २०७८ पुस १० गते शनिबार हुने खेलमा त्यति दबाब हुने छैन ।

दशरथ रंगशालामा दुई खेल हुनेछ । पुस १० गते शनिबार  साँझ हुने पौने ५ बजेको दोस्रो खेलमा भिड्दैछन मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।

आज जित्न खेल जित्न  सके मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जित्न सके सातौ चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।

 आज नै(पुस १० गते शनिबार) १ बजे हुने खेलमा  हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।  च्यासल ५ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।