🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पातले वनले भारतदेखिका पर्यटक नेपाल भित्र्याउने 

ललितपुर, फागुन २८  । रामायणसँग जोडिएको दशरथलाई पुत्रलाभ गराउने श्रृङ्गऋषिको गुफा र यसका आसपासका क्षेत्रको संरक्षण र प्रवद्र्धन गरेर भारतदेखिका पर्यटक लामाटार क्षेत्रमा भित्र्याउनु पर्ने ललितपुरको लामाटार क्षेत्रका वन संरक्षक र नागरिक अगुवाहरुले बताएका छन् ।  

पातले सामुदायिक बन उपभोक्ता समूह सिस्नेरी, ललितपुरको २३ औं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नं. तीनका सांसद एमाले नेता  माधव पौडेलले नेपालकै सबैभन्दा पहिलो समुदायिक वन उपभोक्ता समूह भएकाले पनि यसले नमुनाको रुपमा काम गर्न सक्ने बताए । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले पर्यटनको विकासका दृष्टिले ललितपुरका सामुदायिक वनहरुलाई स्तरउन्नति गर्नुपर्ने बताए । माओवादी केन्द्रका केन्द्रका नेता शिव कट्टेलले वनको संरक्षणका साथै यसबाट आउने आम्दानी समुदायको हितमा प्रयोग गर्नुपर्ने बताए । 

देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले श्रृङ्गऋषि गुफा र सूर्यमैतेको गुफा र त्यस आसपासका धार्मिक ऐतिहासिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रवद्र्र्धन गरेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसको विकास गर्न पातले सामुदायिक बनले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । लाँकुरी भन्ज्यांग पर्यटन विकास समितिमार्फत सांसद पौडेलले गरिरहेको प्रयासलाई सञ्चार माध्यमबाट आपूmले पनि प्राथमिकताका साथ प्रचार गर्ने काम गरेको भन्दै आचार्यले लूभू र लामाटार क्षेत्रको पर्यटकीय क्षेत्रहरुको एकीकृत विकासको आवश्यकता रहेको बताए ।

पातले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हीराबहादुर पौडेलले चराचुरुङ्गीको ब्यवस्थापन गर्नको लागि सयभन्दा बढी चराको ग“ुड राख्ने काम गरेको बताए । एक वर्षभित्र वन क्षेत्रभित्रको धार्मिकस्थलहरुको सुधार गरेर पर्यटकहरुका लागि पिकनिकस्थलहरु बनाई एक लाख भन्दा बढी पर्यटक भित्र्याउने योजना पनि उनले प्रस्तुत गरेका थिए ।