🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किन गाउँगाउँ डुल्दै छन् बाबुराम भट्टराई ?

तनहुँ, २५ मंसिर । हिजोआज पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् । कहिले दाङ, बुटवलतिर भेटिन्छन् ।  

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् ।

आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैैनन् । पूर्व प्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहमा छन् । 

यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए । तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए । पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् ।

प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए । स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार विहानाको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो ।  

बिहीबार साँझ डा. भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे । जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन् । 

शुक्रबार बिहान डा. भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्लागण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे । शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा. भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए । 

भट्टराईले यो देशलाई सम्बृद्धीको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ ।  

डा. भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहो¥याए ।  
सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ ।