🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोइला काट्ने क्रममा घाइते भएका बलराम राईकाे उपचारमा आर्थिक अभाव

खोटाङ। भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेकाे छ । 

२०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनकाे अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

तर, आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन ।  दिसापिसाब भएकाे समेत थाहा पाउँदैनन् । 

थप उपचारमा सहयाेग गर्न उनले अपील गरेका छन् ।  बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् । न्युज कारखाना