अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसका साथै गृहजिल्ला दार्चुला जान लागेका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेसँगै आज दार्चुला प्रस्थान गरेका थिए ।
गएको तीन दिनदेखि अवरुद्ध रहेको विद्युत् र नेपाल टेलिकमको सेवा पनि सञ्चालन भएको छ ।



