🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारको भूलले तेब्बर प्रमोसन पाएका नेपाली सेनाका प्रधान सेनापति तोरण सम्शेर राणा

   राणा शासनकालमा  राणा परिवारभित्र ए , बी र सी क्लासको विभाजनले ठूलै मनमुटाब बनाइ सकेको थियो । कमान्डर-इन – चिफ रुद्र सम्शेर राणालाई पाल्पा खेदिएको कारण पनि यही क्लास विभाजन थियो । सी क्लासका राणाहरु श्री ३ जुद्ध सम्शेरको पालादेखि एकदम रिसाएका थिए । अब यो क्लासका प्राय  राणाहरु  श्री ३ अर्थात ए क्लासका विरोधी भएका थिए।

   श्री ३ मोहन सम्शेरसँग कर्नेल तोरण सम्शेर राणा (पछि कमान्डर – इन – चिफ) ले एक तह परमोशन – ब्रिगेडियर जर्नेल माग्न गए । तर मोहन सम्शेरले सी क्लासलाई अपमान हुने गरी बचन लगाइ कर्नेल तोरणलाई प्रोमोसन दिन्न भने । त्यसपछिका दिनमा कर्नेल तोरण श्री ३ राणा र नजिककालाई मार्ने षड्यन्त्रमा लागे।

कलकत्तामा बसेका अन्य सी वर्गका महावीर  सम्शेर, सुवर्ण सम्शेर लगयात लाई भेटी  कर्नेल तोरणले विस्फोटक पदार्थ बोकेर काठमाडौं आए ।  अनि श्री ३ लगायतलाई मार्ने योजनामा लागे। यो योजना बारे कुरा खुस्कियो र श्री ३ मोहनले उनलाई झ्याल  खानामा हाले ।

  पछि २००७ साल मा नेपाली काङ्रेसको सरकार बन्ना साथ उनको राजनैतिक योगदानलाई सम्मान गर्दै जेलबाट निकाले । अनि उनलाई सेनाको के पद माग्छौं ? भनी प्रधान मन्त्री मातृका, मन्त्री गणेश मान, मन्त्री बि पि कोइराला लगायतले सोधे ।

  तत्पस्चात कर्नेल तोरणले एक तह माथि को ब्रिगेडियर जनरल  मागे । तर प्रधानमन्त्री-मन्त्री लगायतले  कर्नेल तोरणलाई "अहिले ब्रिगेडियर जर्नेल न माग्नुस् – लेफ्टिनेन्ट जर्नेल खानुस्" भने । मन्त्री गणेशमान सिंहलगायतले लेफ्टिनेन्ट जनरल भन्दा ब्रिगेडियर जनरल ठूलो पद भन्ने ठानेका थिए । कर्नेल तोरणलाई त सपना नै  भयो । किन भने ब्रिगेडियर जर्नेलपछि मेजर जनरल अनि मात्र लेफ्टिनेन्ट जनरलमा पुगिन्छ।

त्यसपछि मात्र जनरल हुन्छन् । उनलाई त २ तह प्रमोसन टपेर  दिन लाग्दा मन मनै खुशी भै " हुन्छ म लेफ्तिनेन्ट जनरल हुन तयार छु " भने छन्।   अनि भोलिपल्टै श्री ५ त्रिभुवनकोमा दाम राखी कर्नेल तोरणले एकै पटक लेफ्टिनेन्ट जनरल (हालको रथी)को फुली लगाए ।

  राजाबाट फुली लगाएपछि प्रधानमन्त्री लगायतको भेटघाटमा सरकारले तोरण सम्शेरलाई भूल बस २ तह प्रमोसन टपेर  दिएको थाहा भयो।  खासमा गणेश मानजीले भन्नु भएको रहेछ : ''अहिले ब्रिगेडियर जर्नेल नमाग्नुस्-लेफ्टिनेन्ट जर्नेल खानुस् " भनेर । अब याे अवस्थामा नेपाल सरकारले जनरल तोरणको जर्नेली दर्जा घटाऊने अवस्था थिएन, उनले पाइसकेपछि।

  बि. सं. २०१३ जेठ् ७ गते नेपाली सेनाको कमान्डर-इन- चिफ भएका थिए तोरण ।

  प्रधान सेनापति भएपछि तोरणले काङ्रेस सरकारसँग राणाकालमा कमान्डर-इन-चिफले लगाउने श्रीपेच लगाउन माग गरे । उनलाई मोहन सम्शेरको अगाडि श्रीपेच लगाएर देखाउनु थियो। तर नेपाल सरकारले मानेन। त्यसपछिका दिनमा श्रीपेच नपाएपछि श्री ५ महाराजाकोमा जादा बाहेक जङ्गी पोशाकमा उनले अरु  टोपी लगाएनन् । उनको तस्बिरहरु सबै टोपी नलगाएका छन् ।
(मेरा केही गल्ती भएमा सुझाव पाउँ-प्रेम