विश्वका कतिपय देशहरू आफ्नो मुलुकमा अपराध बढेर हैरान छन् भने कुनै देश अपराधी नै नभएर गद्गद् छन् । हो, युरोपेली मुलुक नेदरल्याण्डमा कैदीहरू नभएर जेल खाली हुन थालेका छन् । नेदरल्याण्डमा पछिल्लो समय अपराध यस्तो द्रुतगतिमा घटेको छ कि यहाँका जेलहरू खाली हुन थालेका छन् । सन् २०१३ देखि नै यहाँका जेलहरू बन्द गर्ने प्रक्रिया चल्दै आएको छ ।
कतिपय जेलहरू त खाली भएर शरणार्थीको आवासका रुपमा प्रयोग गर्न थालिएको छ । भनिन्छ, नेदरल्याण्डमा छिमेकी राष्ट्र नर्वेबाट कैदीहरू पठाउने गरिएको छ । नेदरल्याण्डको जेल व्यवस्था चालु रहोस् भन्नका लागि छिमेकी मुलुक नर्वेबाट कैदीहरू ल्याउने गरिएको हो । नेदरल्याण्डमा अपराधलाई मानसिक असन्तुलनको रुपमा हेरिन्छ र त्यसलाई त्यसरी नै समाधान गर्ने प्रयास गरिन्छ ।



