🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रको चिन्ता गर्नेहरु पनि रहेछन् है यता

एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडानको कारणले २०७४ मा स्थानीयलगायत विभिन्न निर्वाचनमा जनताको समर्थन पाएका हुन् । उनी प्रधानमन्त्री भएकोमा हार्दिक बधाई !  बितेको १२ वर्षदेखि अहिलेसम्म नेपालमा राजनीतिक व्यवस्थालाई सही ढङ्गले सञ्चालन गर्न नसकिएकाले नेपालको राष्ट्रियता र प्रजातन्त्र सङ्कटमा छ भन्ने कुरा आज हामी सबै नेपालीको चासो हो । देशभित्र निर्वाचन सम्पन्न हुँदैमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हेरफेर हुँदैमा स्थिरता प्राप्त गर्न सकिँदैन । २०६३ को जनआन्दोलनपछि एमाले तथा काङ्ग्रेसले देशको संवेदनशीलता बुझ्न नसकेकाले देश अन्योलग्रस्त बनेको हो । यसको कारण थियो, २०४७ का संविधानका निर्माता पार्टी काङ्ग्रेस र एमालेविरुद्ध आतङ्क मच्चाइरहेको माओवादीसँग ७ मंसिर २०६२ मा दिल्लीमा भारतीय काङ्ग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ बाट परिचालित माओवादीसँग मिलेर १२ बुँदे सहमतिमा हस्ताक्षर गर्न पुग्नु । नेपाललाई प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको हिसाबले संसारका देशमध्येको नेपाल एक समृद्ध र धनी राष्ट्र हो । हामीले चाह्यौंभने यो देशले कहिले पनि विदेशीको मुख ताक्नुपर्दैन । अतः नेपालको राष्ट्रियता, राजसंस्था र हिन्दु अधिराज्य र यसको गौरवमय परम्परालाई देशभक्त के पी ओलीले अटल राख्ने बेला यही हो । काङ्ग्रेस, एमालेलगायत सबै पार्टीभित्र र बाहिरका देशभक्तहरू समिटिएर नेपालको सार्वभौम अस्तित्व बचाएर देशको निर्माण गर्न सकेमा प्रधानमन्त्री केपी ओलीको व्यक्तित्व इतिहासमा सफल, राष्ट्रवादीका रूपमा अङ्कित हुनेछ ।

– दीर्घराज प्रसाई