🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धितोपत्र निर्देशिका संशोधनले बजारमा आतंक : बोर्डमा ‘बोरे’हरूको घुसको चलखेल ?!

काठमाडौं । पूँजीबजारको विकाससंगै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्नु नेपाल धितोपत्र बोर्ड(सेबोन)को मूल कर्तव्य हो । धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमयको नियमन गरी यसलाई प्रभावकारी बनाउने काम पनि बोर्डकै हो ।

तर, डा. रेवतवहादुर कार्कीको नेतृत्वको नेपाल धितो पत्र बोर्ड चाहिं सेयर बजार र वितरणमा देखिएका गलत, फर्जी निवेदनको परम्परा निर्मूल पार्न छाडेर उल्टै विकृतिलाई बल पुग्ने काम गर्न थालेको आरोप छ । 

यसकै पछिल्लो उदाहरण हो, धितोपत्र बाँडफाँटसम्बन्धी निर्देशिकामा गरिएको मनपरी परिमार्जन । बोर्डले समानुपातिक सेयर वितरणको आवरणमा अन्तर्राष्ट्रिय मापदण्डविपरीत निर्देशिका परिमार्जन गर्दा सेयरमा खेलोफड्को गर्ने दलाल(बोरे) हरूलाई फाइदा पुगे पनि सेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनी र वास्तविक सेयरकर्ता भने त्यसबाट लाभान्वित भन्दा पनि पीडित बन्ने खतरा बढेर गएको बजार विज्ञहरूको ठहर छ । 

‘बोरे’को इशारामा निर्देशिका संशोधन 
निर्देशिका संशोधन गर्दा त्यसले गर्ने फाइदा तथा बेफाइदालाई केलाइन्छ । सामान्य गल्तीले पनि ठूलो नोक्सानी पुग्ने भएकाले यसमा सचेतता अपनाइने गरिन्छ ।

तर नेपाल धितोपत्र बोर्डको सेटि¨मा चल्ने गिरोहले हचुवाका भरमा धितोपत्र बाँडफाँटसम्बन्धी निर्देशिका नै परिमार्जन तथा संशोधन गरिदिएको छ । यसको सोझो मार साना कम्पनीलाई मात्रै परेको छैन, साधारण सेयरको वास्तविक लाभग्राहीको भागसमेत खोसिने अवस्था सिर्जना हुँदैछ ।

यसको प्रत्यक्ष÷अप्रत्यक्ष लाभ चाहिं फर्जी ‘बोरे’(बोराका बोरा फर्जी आवेदन गर्नेहरू)लाई हुने अवस्था सिर्जना भएको छ ।  यो देख्दा राम्रो जस्तो लागेतापनि ब्यवहारिकरुपमा अति नै जोखिम, कठिनतम् नीति नेपाल धितो पत्र बोर्डले अख्तियार गर्दैछ । 

संशोधित निर्देशिकामा के छ ? 
धितोपत्र बाँडफाँटसम्बन्धी निर्देशिका, २०६८ को परिच्छेद–२ मा सेयर बाँडफाँट प्रक्रियाबारे उल्लेख छ । यो प्रावधानको सार साना लगानीकर्तालाई ४० र ठूलालाई ६० प्रतिशत छुट्याउनु पर्छ भन्ने छ । निर्देशिकाको परिच्छेद–२ को ४ मा लेखिएको छ– ‘‘सार्वजनिक निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँट गर्न उपलब्ध धितोपत्रमध्ये कम्तीमा ४० प्रतिशत धितोपत्र साना लगानीकर्ता समूहलाई  छुट्याउनुपर्छ ।’’ 

परिच्छेदको अर्को उपदफामा जुनसुकै कुरा लेखिएको भएता पनि साना लगानीकर्ता समूहबाट प्राप्त आवेदन कुल आवेदन गरेको धितोपत्रको ४० प्रतिशतभन्दा बढी भएको अवस्थामा सम्पूर्ण आवेदकलाई एकै समूह मानी समानुपातिकरुपमा बाँडफाँट गर्न भनिएको छ । धितोपत्र लगानीको क्षेत्रमा यो अन्तर्राष्ट्रिय मान्यताकै रुपमा स्थापित छ । भारतलगायतका अधिकांश देशमा अद्यपि यही पद्धति अनुसार सार्वजनिक सेयर निष्कासन गर्ने थिती छँदैछ । 

तर, बोर्डले अन्तर्राष्ट्रिय प्रचलित मान्यता र यसको व्यवहारिक कठिनाइको बेवास्ता गर्दै ‘बोरे’हरूसंग सेटि¨ गरेर निर्देशिकामा अन्धाधुन्ध संशोधनको कैंंची नचाएको छ । धितोपत्र बाँडफाँटसम्बन्धी निर्देशिका, २०७४ मा धितोपत्र बाँडफाँट  गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँट गर्नुपर्ने नियम जबरजस्त थोपरिएको छ । यसले साना कम्पनी तथा सेयरकर्ता आतंकित बनेका छन् । 

निर्देशिका संशोधनको असर 
 धितोपत्र बजारका जानकारहरूका अनुसार, निर्देशिका परिमार्जनको सोझो फाइदा अब फर्जी डिम्याट खाता खोलेर सेयर भर्ने दलालहरूलाई पर्नेछ, जसलाई सेयर बजारमा ‘बोरे’ उपनामले चर्चित छन् । स्रोतका अनुसार, फर्जी डिम्याट खाता खोलेर खेलोफड्को गर्ने बोरेहरूकै सेटि¨ र तिनै भ्रष्टहरूको चाहना अनुरुप निर्देशिका परिमार्जन गरिएको आरोप छ ।

सेयर विज्ञहरूका अनुसार, धितोपत्र बोर्डले फर्जी डिम्याट खाताको अनुगमनमा आँखा चिम्लिएकाले बोरेहरूलाई फर्जी डिम्याट खाता खोलेर सेयरमा खेलोफड्को गर्ने राम्रो अवसर जुरेकै छ । अब झन बोरेहरूको भाग्यमा डिस्को लाइट बल्ने भयो ।

यसको असर अहिले नै बजारमा देख्न थालिसकिएको कतिपयको भनाइ छ । पछिल्लो समय फर्जी डिम्याट खोलेर एकै व्यक्तिले धेरैभन्दा धेरै सेयर भर्न थालेका छन् । धितोपत्र बोर्डका भ्रष्टहरूलाई घुसमा प्रभाव पारेर ‘बोरेहरूले फर्जी डिम्याटमार्फत सेयर हत्याउन निर्देशिका नै संशोधन गराएका छन्,’ धितोपत्र बजारका एक जानकारले साँघुसंग गुनासो गर्दै भने, ‘हेर्दा यो नियम राम्रो जस्तो देखिए पनि यसको मार कम्पनी तथा लगानीकर्तालाई उत्तिकै पर्ने देखिन्छ ।’ 

साना कम्पनीलाई त्रास बन्दै एफपीओ 
कम्पनीहरूको पूँजी वृद्धि गरेर फाइदा बढाउन सहयोग होस् भन्ने हेतुले सेयरको प्राथमिक निष्कासन (एफपीओ) गर्ने गरिन्छ । तर निर्देशिकाको संशोधनले साना कम्पनीलाई फाइदा दिनेभन्दा पनि खर्च मात्रै बढ्ने खतरा बढेको छ ।

जानकारहरूका अनुसार, निर्देशिकाको संशोधनपछि अब सेयरकर्ताहरूको संख्या ह्वात्तै बढ्ने छ । बोरेहरूले फर्जी डिम्याट खाता खोलेर अरुको भाग खोस्ने धन्दा अहिलेदेखि नै चलाउन थालिसकेका छन् । यसो हुँदा स्वभाविकरुपमा सेयरका आवेदक वृद्धि हुनेछन् ।

सेयरका आवेदक बढ्नु भनेको निष्काशन गर्ने कम्पनीको खर्च अधिक बढ्नु हो किनकि आवेदन संकलनदेखि रुजुजस्ता काममा ठूलो धनराशी खर्च गर्नुपर्ने हुन्छ । ‘कम्पनीले सेयरकर्ताको आवेदन संकलन,  सिडिएस एण्ड क्लियरिङदेखि रुजु गर्ने मर्चेन्ट बैंक र इस्यूु गर्ने म्यानेजरसम्मलाई शुल्क तिर्नुपर्छ,’ बोर्डकै एक अधिकारीले नियम परिमार्जनको असरबारे चर्चा गर्दै साँघुसंग भने, ‘आवेदन बढेसंगै खर्च बढ्नेछ र यसको सोझो मार साना कम्पनीलाई पर्नेछ ।’ यति मात्रै होइन, सेयरकर्तालाई साधारणसभालगायतका कम्पनीका गतिविधिबारे जानकारी गराउन समेत कम्पनीहरूले बढी खर्च गर्नुपर्ने छ । 

बोर्डले किन ग¥यो अव्यवहारिक निर्णय ? 
जानकारहरू निर्देशिका परिमार्जनका नकारात्मक असर पर्ने हुँदा हुँदै पनि धितोपत्र बोर्डका अधिकारीहरूलाई प्रभावमा पारेर बजारका फर्जी धन्दावाला बोरेहरूले यस्तो निर्णय गराएको दाबी गर्छन् । स्रोतका अनुसार, यसका लागि ठूलो आर्थिक चलखेल नै भएको छ ।

बोर्डमा हाल डा. रेवतवहादुर कार्की अध्यक्ष छन् भने कार्यकारी निर्देशकको भूमिकामा रहेका निरज गिरी अध्यक्ष कार्कीको चलखेल समूहमा सक्रिय छन् । चलखेल गर्नका लागि  कार्की र गिरीकैै भित्री समूहमा निर्देशक कृष्णराज पोखरेल र कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष राजु जिसीमाथि बोरेहरूको प्रभावमा परेर निर्देशिका परिमार्जन गराएको आरोप लागेको छ । तर, बोर्डका अधिकारीहरू प्रभावमा परेर निर्देशिका परिमार्जन गरिएको स्वीकार्न तयार छैनन् । 

अध्यक्ष भन्छन्– परिमार्जन प्रगतिशील
 निर्देशिकामा गरिएको पछिल्लो संशोधनलाई लिएर आलोचना भइरहे पनि बोर्डको प्रायः निर्णयमा विवादमा पर्दै आएका कार्यकारी अध्यक्ष कार्कीले त्यसलाई ‘‘अफबाह’’को संज्ञा दिए । कार्कीका अनुसार, ‘‘संशोधन अव्यवहारिक नभएर अहिलेसम्मकै समावेशी र प्रगतिशील छ, हामीले सेयरमा सबैको सहभागिता समान होस् भन्नका लागि निर्देशिका परिमार्जन गरेका हौं’, कार्कीले साँघुसंग भने, ‘यो अहिलेसम्मकै समावेशी र प्रगतिशील छ ।’ 

प्रभावमा परेर परिमार्जन गरिएको आरोप ठाडै इन्कार गर्दै उनले अगाडि थपे, ‘हामीले गरेको निर्णय ठूला लगानीकर्तालाई मन परेको छैन । त्यसैले उनीहरू अफवाह फैलाइरहेका छन् ।’ कार्कीले पछिल्लो परिमार्जनबाट केही विकृति भित्रिने र अप्ठ्यारो पर्ने भए पनि त्यसको निमटारा बोर्डले लगाउने दाबी गरे । ‘हो केहीले संशोधनपछि गलत फाइदा लिन सक्छन् । त्यसको हामी समाधान खोज्छौं । तर यसको मतलब नियत नै खराब छ भन्नु तर्कसंगत कुरा होइन ।’