🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा पनि नेविसंघको समानान्तर कमिटी !

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघभित्र चरम विवाद देखिएको छ । यो विवाद नेपालमात्र होइन, सात समुद्रपारी अमेरिकासम्मै पुगेको छ । अमेरिकामा कुनै पनि कलेजमा राजनीति गर्न बन्देज छ, त्यसमा नेविसंघको राजनीति अमेरिकामा गर्ने सवाल नै रहेन ।

तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं नेविसंघले अमेरिकामा पनि समानान्तर संगठन बनाएको खबर छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्देखि विभिन्न क्याम्पसमा समानान्तर कमिटी बनाएको नेविसंघमा अनुशासन समितिको प्रमुख पनि दुईजना छन् । स्वदेशमा समानान्तर समिति बनाएर मात्र नपुगी अमेरिकामा समेत नेविसंघको समानान्तर समिति बनाएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले अमेरिकामा समेत समानान्तर समिति बनाएका हुन । 

२०७४ भदौ १६ गते अमेरिका जाँदा अध्यक्ष नैनसिंह महरले महेन्द्रबहादुर शाहलाई नेविसंघ अमेरिका शाखाको अध्यक्षको पत्र थमाएर आएका थिए । उनले शाहलाई पत्र दिएको ६ महिना नबित्दै महामन्त्री कुन्दन काफ्लेले प्रभातराज सापकोटालाई अमेरिका शाखाको संयोजकको जिम्मेवारी दिएर फर्किएका छन् । 

 काफ्लेले २०७४ माघ २८ मा सापकोटालाई संयोजकको जिम्मेवारी दिएका छन् । महामन्त्री काफ्लेले क्वीन्स कलेज न्यूयोर्क अमेरिकाका सापकोटालाई संयोजकको पत्र थमाएर आएका छन् । अध्यक्ष महरले अध्यक्षको पत्र दिएका शाह कुन राज्यका हुन् भन्ने खुलाइएको छैन ।

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकासँग समन्वय र सहकार्य गरी संगठन निर्माण गर्नुपर्ने कुरा पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष र महामन्त्रीले नेविसंघको विधान ३ को धारा ६ को (झ) अनुसार अध्यक्ष वा संयोजकको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । अध्यक्ष र महामन्त्री दुवैले पत्रमा बोधार्थ नेपाली जनसम्पर्क समिति अमेरिकालाई दिएका छन् ।  

  अमेरिकामा रहेका कांग्रेसका शुभचिन्तक सानुबाबु सिलवालले नेविसंघका अध्यक्ष र महामन्त्रीको हर्कतबारे टिप्पणी गर्दै लेखेका छन्–‘किन चाहियो काम न काजको नेविसंघको प्रवास शाखा अमेरिकामा ? न स्कूल जान्छन्, न कलेज नै ? काम गर्छन् स्टोरतिर अनि स्क्यानिङ गरेर पत्र मगायो अनि आफ्ना भरौटे र सेनामेना र गुटका हनुमन्तेहरूलाई फेसबुकमा बधाई घुमाउन लगायो ? नेविसघको सभापति भन्ने मानिस अमेरिका आयो, घुम्यो, खायो रमाइलो ग¥यो, गाडीमा लिफ्ट, जाँड पानी गरेर नेपाल उड्नु अघि झोलाबाट लेटरप्याड झिकेर नेविसंघको प्रवास शाखाको हाकिम बनाएर हिंडेको ६ महिना नबित्दै अर्को महामन्त्री भन्ने….ले अर्कै नियुक्ति गरेछ । 

 पछिल्लो नियुक्तिको न दर्ता छ, न चलानी छ ? यो सक्कली होइन, यो नक्कली पत्रको नियुक्तिको खुसी हेरिनसक्नु छ फेसबुकमा ? कसरी चलाउँछांै है संस्था तिमीहरूले नेपालमा ? हुन त नेताका चाकडी गरेर आएकाहरू किन बिधि र बिधान जान्थे र ? न अमेरिकमा स्कूल, न कलेज, न युनिभर्सिटीमा राजनीतिक युनियन छ त गर्न नै खुल्ला छ । यस्तो अवस्थामा नेपालको विद्यार्थी संगठन खोल्नु र राख्नुको औचित्य नभएको न्यूनतम कमनसेन्स पनि छैन तिमीहरूको ?’