🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विख्यात सुपर स्टार श्रीदेवीको निधन : शोकमा डुब्यो बलिउड !!

काठमाण्डौ,१३ फागुन।  भारतीय फिल्म जगतकी महसुर अभिनेत्री श्रीदेवीको निधन भएको दुखद खबर छ । ५५  वर्षको उमेरमा उनलाई म्यासिभ काडिर्याक अरेस्ट (अकस्मात् हृदयघात) भएर निधन भएको हो।  २०७४ फागुन १२ गते अर्थात्  सन् २०१८ फेब्रुअरी २४ को राति ११-३० बजे उनको निधन  भएको हो। परिवारका साथ एक वैवाहिक समारोहमा सहभागी हुन दुबई पुगेको बेला गए राति निधन भएको बताइन्छ।  

\"\"
यी विख्यात  अभिनेत्री श्रीदेवीलाई  हिंदी फिल्मकी  पहिलो  फ़िमेल सुपरस्टार पनि भनिन्छ । सन्  २०१३ मा  उनलाई पद्मश्री सम्मानबाट भारत सरकारले सम्मान गरेको थियो। 

\"\"

उनको निधन भएको  कुरा उनका श्रीमान् बॉनी कपूरका कान्छा  भाई र अभिनेता संजय कपूरले  पुष्टि गर्दै भने  घटना राति ११-११.३०  बजेको हो । संजय कपूरले   इंडियनएक्सप्रेस अनलाइनलाइ  बताए  कि उनी  दुबई मै थिए केही घण्टा अघि मात्र  भारत फर्किएका  थिए यो दुखद खबर सुनेपछि  संजय फेरि दुबई  जाँदैछन् ।