🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी दाबी पेश गर्दै

काठमाडाैं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ । 

गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

लुम्बिनीमा प्रदेश प्रमुख शेरचनले २७ पुस ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । यहाँ एमालेका २९, माओवादीका १० (एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका ४-४ चार तथा जसपा र जनमत पार्टीका ३-३, स्वतन्त्रबाट २, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।