🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला

काठमाडौँ, १३  फागुन (रासस) : सुन्धाराको एक होटलमा फागुन १२ गते  बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

मृतक शर्मिला राउतका प्रिमी  भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए । 

खड्काले बिहान उठ्दा राउतलाई पंखामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् । 

युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् । 

महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकुनन्त लिम्बूले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए  । 
–––