🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपति नाथको एघार किलो सुन काण्ड ढाकछोप गर्न अनेक नाटक !

काठमाडौं । पशुपतिको शिवलिंगमा सुनको जलरी लगाउने क्रममा ११ केजी सुन गोलमाल पारिएको पुष्टि भएको छ । अनियमितता पटाक्षेप भएपछि संलग्न अधिकारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष नाटकीय ढंगले बयान परिवर्तन गरेका छन् । सँगै यो प्रकरणबाट चोखिन अनेक फण्डा तिकडमबाजी रच्न थालिएको थाहा भएको छ ।

 २०७७ फागुन ११ गते राति ८ बजे जलारी निर्माण सम्पन्न भएलगत्तै मुचुल्का तयार हुँदा ९६ किलो ८०० ग्राम सुन मात्र प्रयोग भएको बकाइदा उल्लेख थियो । मुचुल्कामा यस्तो उल्लेख भएपछि उतिबेलै जलारी बनाएर बाँकी रहेको करिब ११ किलो सुन के भयो भनेर कोषभित्र चासो सुरु भएको थियो ।

कोषका एक बोर्ड सदस्यका अनुसार पाँच जना सञ्चालक समिति सदस्यले बाँकी ११ केजी सुनबारे चासो राख्दै ‘यदि सबै सुन प्रयोग भएको हो भने कहिले कहाँ भयो ? छैन भने त्यो सुन कहाँ छ ? के यसबारे पाँचजना बोर्ड सदस्यको अनुपस्थितिमै छलफल र निर्णय भएको हो ?’ भनेर अनौपचारिक रुपमा जिज्ञासा राखेका थिए ।

पाँच बोर्ड सदस्यले कोषाध्यक्षसँग लिखित रुपमा यथार्थ हिसावकिताव र दाताको नामावली  माग्दै नौ  बुँदामा  बाँकी सुनको हिसाव किताब मागेपछि कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन सदस्य–सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष (हाल सदस्य सचिव) मीनकुमार थापाले कुनै जवाफ नदिई तर्केर हिँडेको बोर्ड सदस्य देवी बराल बताउँछन् ।

  ११ केजी सुनबारे हिजो मौन पदाधिकारीले अहिले भने नाटकीय ढंगले बयान फेरेका छन् ।  स्रोतका अनुसार, भ्रष्टाचारमा डामिने भएपछि उनीहरूले हिजो कहीँ कतै उल्लेख नगरिएको ११ केजी सुनबाट शिव लिंगका लागि रिङ र २ वटा पेटी बनाएको बयान दिएको अख्तियार स्रोत बताउछ । तथापि उनीहरूले भनेजस्तो ११ केजी सुनको रिङ र पेटी बनाउने निर्णय कोषबाट कहीँकतै नभएको स्रोतको दावी छ । ‘ कहाँकाे निर्णय र कसको स्वीकृतिमा जलारी बनाएर बाँकी रहेको  ११ किलो सुन रिङ्ग र पेटी बनाएर पशुपति नाथको लिङ्गमा प्रयोग भयो भनेर नाटक गरिदैछ ?,’ एक बोर्ड सदस्यले प्रश्न गरे, ‘पहिले सबै कुरा गाेलमटाेल र गुपचुप राखेर पचाउन खोज्ने, अहिले मुद्दा चर्किएपछि पेटी र रिङ्मा  प्रयोग भयो  भन्ने ? यो सरासर झूट हो ।’

बयान परिवर्तन गरेका कोषका पदाधिकारीले अहिले माइनुट नै रातारात केरमेट गरेर मसिनो अक्षर थपथाप गरेर भ्रष्टाचार र अनियमित कार्य लुकाउने प्रयास गरेको बताइएको छ ।

 स्रोतका अनुसार, अख्तियारमा अप्ठेरो पर्दै गएपछि कोषको माइनोटमा मसिना अक्षरले थपथाप र केरमेट  गरेर ११ केजी सुनको रिङ र पेटी बनाएको विषय घुसाइएको छ ।

‘सुनको जलहरी काण्डमा ११ किलो सुन गायब पारिएको पुष्टि भएपछि रातारात कोषको माइनुट सच्याएर जोगिने प्रयास गरिएको छ,’ स्रोतले भन्यो ।
गायब पारिएको सुन प्रकरणबाट जोगिन संलग्न अधिकारीले अनेक फण्डा गर्न थालेपछि बोर्डका  सबै सदस्यहरूसँग वास्तविकता बुझ्न अख्तियारले काेषकाे माइनट समेत  कब्जा गरेर बयान लिनुपर्ने माग उठेको छ । अख्तियारले तत्कालीन सदस्य सचिव, कार्यकारी निर्देशक, हालका सदस्य सचिवलगायतसँग बयान लिए पनि बोर्डका सदस्यसँग लिएको छैन ।