🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेको टिप्पणी : खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार

काठमाडौँ, ३० भदौ (रासस) : नेकपा (एमाले) ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ ।

संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ ।