🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिरासत कक्षबाट फरार थुनुवाहरू मध्ये थप एक पक्राउ

जनकपुरधाम ।  २०७९ माघ १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई फरार भएका ६ जना थुनुवाहरू मध्ये चार जनालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय  धनुषाले जानकारी दिएकाे छ ।

 जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, २ जना हाल फरार रहेकोमा फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दाको वर्ष ३६ को शंकर सिंह महतोलाई तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का.धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन चलाई खोज तलाश गर्दे जाने क्रममा पक्राउ गर्न सफल भएकाे छ ।

 प्रहरीका अनुसार, २०७९ फागुन २७ गते  जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वास्थित भन्सार हुँदै लुकीछिपि नेपालबाट भारततर्फ भाग्ने क्रममा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी धनुषाकाे कार्यालयमा ल्याई  थप अनुसन्धान कार्य भइरहेको छ ।