काठमाडौं, २०७८ भदौ २४ गते । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट घट्टा गाउँ बस्ने राम कृष्ण कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भएका ४६ वर्षीय नवराज रिमाल समेत १२ जनालाई भदाै २३ गते बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३० हजार रुपैयाँ, ३ बुक तास र १ थान कौडा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्बीचोकस्थित स्याङ्जा बुटवल खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ८६ हजार ७ सय २० रुपैयाँ र १ सय ५९ पत्ती तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।



