🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७८ भदौ २४ गते ।  अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिहरू सहित २०७८ भदाै २३ गते बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त औषधिहरू बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा प्रवललाई फेला पारी पक्राउ गरेको हो ।

प्रवलले भारतमा रहेका आफन्तमार्फत उक्त औषधिहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।