🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेडियोका अठ्ठाईसलाई बाईबाई

काठमाडौं । रेडियो नेपालले शेरबहादुर देउवा सरकारले राजीनामा दिनु एक दिनअघि २०७४ फागुन २ गते २८ जना करारमा कार्यरत पत्रकार कर्मचारीहरू हटाएको छ । 

हटाइएकाहरूमा ६ महिना अघि भर्ना भएका युवायुवतीहरूदेखि ३५ वर्ष अघिबाट समाचार वाचन गर्दै आएका माउण्टेन टिभीमा कार्यरत बृद्ध पत्रकार गोपाल बस्नेतसम्म रहेका छन् । घाम ताप्दै सरकारी जागिर खाँदै रेडियो बाहिर र भित्र मायाँप्रिती गाँस्दै आएकाहरूको जागिर गएपछि छटपटी सुरु भएको छ ।

सरकारी शिक्षक भएर पनि रेडियोमा कार्यरत कर्मचारीहरू पनि छन् । साँघु साप्ताहिकले सरकारी सेवामा कार्यरत स्थायी कर्मचारीले रेडियोबाट पनि दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेको थियो । २८ जना करारका कर्मचारी र पत्रकारहरूको जाथिर गएतापनि आठवटा संगठन भने तैंचुप मैंचुप भएर बसेका छन् ।

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादवले नियुक्ति गरेका र त्यसपछिका हरेक सरकारका संचार मन्त्रीलाई प्रभावमा पारी रेडियो नेपालमा सदाबहार कार्यकारी निर्देशकका रुपमा कार्यरत सुरेश कार्कीले देउवा सरकारको कार्यकालको अन्तिम दिन हटाइएकाहरूमा ५९ जनामा अधिकांश महिला छन् ।

 रेडियोबाट हटाइएकाहरूमा अर्चना जोशी, डेला प्रसाई, पूजा शर्मा, कौशला घिमिरे, रुक्मिणी पोखरेल, नितु पाण्डे, सीमा शर्मा, रबिशा खतिवडा, लक्ष्मी पराजुली, रमा मण्डल लगायत छन् । साँघुले निम्न माध्यमिक शिक्षक सीमा शर्माले रेडियो नेपाल र विद्यालय दुवैतिरबाट सरकारी सुविधा लिइरहेको समाचार प्रकाशित गरेको थियो ।

डा. बाबुराम भट्टराई सरकारका पालामा रेडियोको कार्यकारी निर्देशक भएका सुरेश कार्कीले त्यसपछिका संचारमन्त्रीहरू माधव पौडेल, मिनेन्द्र रिजाल, शेरधन राई, राम कार्की र मोहनबहादुर बस्नेतलाई समेत फटाइसकेका छन् ।

बीचमा मीनेन्द्र रिजालले उनलाई मन्त्रालयमा तानेर राखे पनि पदबाट जाने बेलामा उनलाई पुनः फर्काएका थिए । पुष्पकमल दाहाल सरकारका संचार मन्त्री राम कार्कीले त युद्ध लडेका एकसेएक माओवादी पत्रकारहरूलाई बेवास्ता गर्दै कार्की जस्ता अवसरवादीलाई रेडियोको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गरेका थिए ।