🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मदन भण्डारीले म्यान्डेट नाघेको रात

\"No

–कमल कोइराला

काठमाडौंको बहादुर भवनमा निर्वाचन आयोगले बोलाएको हुँदा साथीहरू दल दर्ता निवेदनमा सनाखत गर्न पुगेको फोटोहरू हेरें । बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा ३१ वर्ष अघि म पनि २०४७ मा दल दर्ता गर्न पुगेको सम्झें । हामीहरू क्यूमा लागेर अगाडि बढ्दै थियौं । झलनाथ खनाल ठीक म भन्दा अगाडि हुनुहुन्थ्यो । अरु को को हुनुहुन्थ्यो क्यू मा बसेकाले पछाडि हेरिन । 

एउटा ६÷७ वर्षको फुच्चे केटा कसको छोरा हो त्यो पनि क्यूमा रमिते भएर अगाडि बढ्दै गरेको देखें । कसैले उसलाई केही भनेन ।  दर्ता गर्ने ठाउँ पुग्यौं । 

कम्युनिष्ट विचार बोक्नेहरुका लागि दुखद खबर, आज नेकपा एकबाट दुई होइन, तीन भएको छ । नेकपा नाम पनि आयोगको पुरानो कागजमा अझै बा“की नै छ । हेरौं अगाडि अगाडि के के उपद्रो हुनेछ ? 

 झलनाथ खनालले हेरेर भन्नुभयो ‘सत्र’ परेछ । सत्र अंक तासको जुवा नेपालमा पहिले खुब प्रचलित थियो । तासको पत्ता जोड्दा १७ पर्दा जित हुन्थ्यो । तर मलाई यति जिन्दगीभर याद रहने भयो कि पहिलो पल्ट मनमोहन अधिकारी अध्यक्ष नेकपा (माक्र्सवादी) र मदन मण्डरी महासचिव रहेको नेकपा (माले) मिलेर बनेको नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता गर्दा दर्ता नम्बर १७ थियो । १६ पार्टी पहिले दर्ता भइसकेको रहेछन् । यस पटक दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पहिले दुई पार्टी अदालतले ३४ वर्ष पछि फुटाई दिएपछिको नेकपा (एमाले) पनि फुटेर नेकपा (एकीकृत समाजवादी) दर्ता हुँदा सनाखत भयो । एक भईसकेको नेकपा अब तीन वटा अलग अलग पार्टी भइसक्यो । 

२०४७ मा कुनै राजनीतिक दलका नेताहरूलाई सनाखत गर्न भनि बोलाउने काम निर्वाचन आयोगले गरेन र गर्नु आवश्यकता पनि थिएन । 

२०४७ मा त्यो नेकपा (एमाले) दुई पार्टी मिलेर बन्ने मुख्य कारण केही महिना पछि २०४८ वैशाख २९ मा वि.सं. २०१५ फागुन ७ गतेबाट हिसाव गर्दा ३३ वर्ष पछि फेरि अनेकौं आन्दोलन पछि बनेको २०४७ को संविधान बमोजिमको संसदीय प्रजातन्त्रमा निर्णायक सबैका सबै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको प्रतिस्पर्धापूर्ण चुनाव हुने तय भएको थियो । कम्युनिष्ट पार्टीहरू माझ आपसमा भोट काट्ने वातावरण नहोस् र हाम्रो राम्रो जित प्राप्त होस् भन्ने लक्ष्य थियो । 

नेकपा(माले)को केन्द्रीय कमिटीको नेकपा(माक्र्सवादी)सँग एकता वार्ता गर्न पठाउनु भएका मदन भण्डारी, जीवराज आश्रित र माधव नेपाल र अरु मुख्य हुनुहुन्थ्यो । उहाँहरूलाई केन्द्रीय कमिटीले ठूलो पार्टी मालेको १४ र माक्र्सवादी तुलनात्मक रुपले कम व्यापक संगठित हुँदा ८ जना गरी २२ जनाको केन्द्रीय कमिटी बन्ने गरी दुई पार्टी एक गर्ने भन्ने म्यान्डेट रहेछ । 

 हामीहरूको नेकपा (माक्र्सवादी) स्वयं विगतको अखबारहरूले मनमोहन समूह र साहना समूह भनि नामाकरण गरेको दुई पार्टी २०४३ मा मिली बनेको पार्टी थियो । त्यसको अन्तिम बैठक सिद्धिलाल सिंहको शंखमूलको घरको तल्लो ठूलो कोठामा चलेको थियो । जीवराज आश्रितको १४ र ८ र बलराम उपाध्यायको बिच १४ र १४ नै भई समानताको आधारमा मात्र एकता हुन सक्छ नत्र हुँदैन भन्ने विवादले ठूलो चर्काचर्की परेर वार्ता टुट्ने हो कि भनि हामीहरू मौन र चुपचाप मनमा त्रास बोकेर बसेका थियौं । निर्वाचन आयोगमा अलग अलग पार्टी भएर गयौं भने हाम्रो बिजोग हुन्छ । जीवराज आश्रितले भन्नुभयो, ‘अपमान गर्न र वार्ता विफल पार्न बोलाएको हो भने हामी जान्छौं भनेर जुरुक्कै उठ्नुभयो । तर मदन भण्डारी र माधव नेपाल नउठिकन बसिरहनु भयो । 

 केही बेर सबै चुप भए, सन्नाटा छायो । माले महासचिव मदन भणडरीले स्पष्ट भन्नुभयो ‘तपाईहरूको यति मात्र भनाई हो भने हुन्छ । हामीहरू मान्यौं ।’ 

यसरी त्यो रात मदन भण्डारीले केन्द्रीय कमिटीको म्यान्डेट उल्लंघन गरी २०४७ पुस ११ (६ जनवरी १९९१) मा नेकपा (एमाले) बनाउनु भएको हो । त्यसपछि फेरि अरु साना साना कम्युनिष्ट पार्टीहरू पनि नेकपा (एमाले) मा २०४९ पाँचौ महाधिवेशन नहुँदै आवद्ध हुँदै गए । २०४८ को निर्वाचनपछि नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दल बन्यो । 

  त्यसपछि फेरि संसद र सडक दुबै ठाउँ राष्ट्रघाती टनकपुर सन्धिको विरोध ४७ दिन संसद अवरुद्ध गर्दै आन्दोलित भयो । २०५० जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा जिप खसालेर हत्या गरियो । शोकलाई शक्तिमा परिणत गरौं भन्ने नारा उठ्यो । आन्तरिक कलह सावधान गर्ने साटो गिरिजाप्रसाद कोइरालाले गराएको मध्यावधि निर्वाचनमा मदन भण्डारी हत्याको सहानुभूतिको लहर, टनकपुर सन्धि विरोधी देश व्यापी आन्दोलन युवा उर्वादत्त पन्तको नेतृत्वमा कञ्चनपुरदेखि काठमाडौं साइकल ¥याली यी सबैको पृष्टभूमिमा २०५१ कात्तिक २९ को निर्वाचन पछि नेकपा (एमाले) ८८ सिट प्राप्त गरी प्रतिनिधि सभा पहिलो दल भयो । 

 कञ्चनपुरको तीनवटै सिट एमालेले जित्यो । नेपालको प्रस्तावमा मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभयो । ९ महिनामै राम्रा कामले जनतामा छाप पर्दा र पार्टी एक रहँदा २०५४ को स्थानीय निकायमा एकलौटी ५२ प्रतिशत मत एमालेले प्राप्त गर्न सफल भयो । २०५४ मा महाकाली विवादमा संसदमा नेकपा (एमाले) का सहाना प्रधान र हामीहरू कयौंले ह्वीप उल्लंघन ग¥यौं । २०५४ फागुनमा संसदबाटै पार्टी फुटेर २ भयो । २०५६ को निर्वाचनमा कांग्रेसले ३७ प्रतिशत मत पायो । 

स्थानीय निकायको निर्वाचनमा दुई वर्ष अघि मात्र ५२ प्रतिशत मत प्राप्त गर्ने नेकपा (एमाले) ३१ प्रतिशत मतमा झ¥यो । 

कम्युनिष्ट विचार बोक्नेहरूका लागि दुखद खबर, आज नेकपा एकबाट दुई होइन, तीन भएको छ । नेकपा नाम पनि आयोगको पुरानो कागजमा अझै बाँकी नै छ । स्थानीय निकायको निर्वाचन हुने चर्चा उठिसकेको छ । हेरौं अगाडि अगाडि के के उपद्रो हुनेछ ?