🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्बारा बढी पहिराेकाे पीडितकाे उद्धार

काठमाडाैं ।  विगत ३ दिनदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित भएका ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि भदाै ११ र १२ गते  खोज तथा उद्धार कार्य संचालन गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

 २०७८ भदाै १२ गते ईलाम नगरपालिका – ६ गढी निवासी स्थानीय कमला विश्वकर्माको २ तले कच्ची घरको पूर्व र उत्तर तर्फको गाह्रो चर्किन गई जोखिमपूर्ण भएको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उक्त घरमा बसोवास गर्ने परिवारलाई सोही स्थानमा अस्थायी बासस्थानको व्यवस्था  मिलाईएको सेनाले बताएकाे छ ।

\"\"

२०७८ भदाै ११ गते सिरहा जिल्ला, सिरहा नगरपालिका – ६ र १२ जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएको हुँदा स्थानीय प्रशासनको अनुरोधमा नेपाली सेनाको उद्धार टोलीद्वारा उक्त पुललाई बाढीको क्षतिबाट जोगाउन अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहयोगमा करिब ३०० बोरा माटो भरी पुललाई मजबुत बनाउने कार्य गरेको पनि जनाएकाे छ ।

 २०७८ भदाै ११ गते नै बाँके जिल्ला, कोहलपुर नगरपालिका – १२ महेन्द्र राजमार्गस्थित सरस्वती वन ईलाकामा खयरको रुख ढलेर सडक अबरुद्ध भएको हुँदा नेपाली सेनाको टोलीद्वारा उक्त रुख पन्छाई अवरुद्ध सडक सुचारु गरिएको पनि जानकारी दिएकाे छ  ।

 २०७८ भदाै ११ गते नवलपरासी, मध्यविन्दु नगरपालिका – १० स्थित हुलाक कार्यालय डुवानमा परेको हुंदा नेपाली सेनाको उद्धार टोलीद्वारा उक्त कार्यालयमा बसोबास गर्दै आईरहेका पुन्यकान्त पोख्रेलको परिवारका सदस्यहरु लगायत अन्य सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग गरेकोजानकारी दिएकाे छ  ।

 २०७८ भदाै ११ गते कैलाली, गौरीगंगा नगरपालिका – ३ पूर्व-पश्चिम राजमार्गस्थित शिवगंगा धार्मिक सामुदायिक वन ईलाकामा घाँस/दाउरा गर्न गएका स्थानीय दुई (२) जना नदीमा आएको बाढीका कारण चारैतिरबाट थुनिएको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा निजहरुको उद्दार कार्य गरिएको, सोही मितिमा कैलाली, मोहन्याल गाउँपालिका – ५ स्थित मसुरियातर्फ जाने कच्ची मोटरेबल बाटो पहिरोले अवरुद्ध भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त पहिरो हटाउन सहयोग गरेको साथै कैलाली, गोदावरी नगरपालिका – ४ भिमदत्त राजमार्गस्थित सडक खण्डमा पहिरोको कारण रुख ढली राजमार्ग अबरुद्ध भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त रुख हटाई राजमार्ग सुचारु गरेको थियाे ।

  यसका साथै, मिति २०७८ भदाै १२ गते सुनसरी जिल्ला, रामधुनी नगरपालिका – ५ झुम्का बजारस्थित म्याजिक सिनेमा हलको चौथो तल्लामा विद्युतीय तार सर्ट भई आगलागी भएको हुँदा नेपाली सेनाको विपद व्यवस्थापन टोली, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा संयुक्त रुपमा ६ वटा जुद्धबारुण यन्त्रको सहयोगमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिईएको समेत नेपाली सेनाले जानकारी दिएकाे छ  ।