🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाकाे हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

काठमाडाैं ।  २०७८ भाद्र १३ गतेबाट नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.१० हाईयर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Training) तालिमको उक्त कलेजमा आयोजित एक कार्यक्रमकाबीच उपरथी बालकृष्ण कार्कीबाट शुभारम्भ गरिएकाे छ ।   

\"\"
नेपाली सेनाको रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त अवसरमा शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै उपरथी कार्कीले यस तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्नुको साथै जटिल अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

   नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो ।