🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाशक्ति राष्ट्रहरू हारेर भागेको एउटा इतिहास 

बिस वर्षपछि अफगानिस्तानको सत्तामा आएको तालिवानी समूहको राजनीतिक अस्थिरता र उसले अवलम्बन गर्ने गरेको जंगली व्यवहारलाई पन्छाएर तत्काल टिप्पणी गर्दा व्यक्तिमा इच्छाशक्ति हुने हो भने निरीहलाई पनि शक्तिसम्पन्न व्यक्तिले समेत पराजित गर्न सक्दैन भन्ने सत्यलाई एकपटक फेरि प्रमाणित गरिदिएको छ । सन् २००१ मा अमेरिकाको वाशिङटनस्थित विश्व व्यापार केन्द्रका दुई गगनचुम्बी भवन(ट्वीन टावर) अलकायदाले आत्मघाती हमला गरेर ध्वस्त पारिदिएपछि अमेरिकाको तत्कालीन राष्ट्रपति जर्ज बुस प्रशासनले अफगानिस्तानमा शासन गरिराखेको तालिवानसँग अलकायदा प्रमुख ओसामा बिन लादेनलाई आफूसमक्ष हस्तान्तरण गर्न माग गरेको थियो ।

 
तर प्रमाणित नभई अलकायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी प्रशासन समक्ष हस्तान्तरण गर्न तालिवान सरकारले अस्वीकार गरेपछि अमेरिकी सेनाले नाटो सेनाको समेत सहयोगमा अफगानिस्तानमा व्यापक आक्रमण गरेको थियो ।

  त्यो आक्रमणलाई तालिवानले झेल्न नसकेपछि सन् १९९६ बाट अफगानिस्तानमा शासन गरिराखेको तालिवान विस्थापित भएपछि दुर्गम र विकट क्षेत्रमा बसेर अमेरिकी सेनाको मुकाबिला गर्ने र अमेरिकी सेनालाई सैनिक दृष्टिले हानीनोक्सानी पु¥याउने गरी आक्रमण गर्ने अभियानमा लागिपरेको थियो भने उता अफगानिस्तानमा भने अमेरिकी सेनाको सहायतामा गठन भएको सरकारले शासन गर्न थालेको थियो । तर २० वर्षसम्ममा पनि ठूलो रकम खर्च गर्दा र अमेरिकी सेनाको धेरै जवानले ज्यान गुमाउँदा पनि अफगानिस्तानलाई पूर्णरुपमा आफ्नो सेनाले नियन्त्रणमा लिन नसकेपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने निर्णय केही समय अघि गरेका थिए । अमेरिकी राष्ट्रपतिले यो निर्णय गरेसँगै अमेरिकी सेनाको सहयोगीको रुपमा तालिवानी लडाकुसँग भिडिरहेको नेटो सेनाले पनि अफगानिस्तान छाड्ने निर्णय गरेको थियो । 

राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट सेना फर्काएको एक महिना पनि नबित्दै तालिवानी लडाकुले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति कार्यालयलाई नै आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । यति छोटो समयमा तालिवानी लडाकुले अफगानिस्तानको राष्ट्रपति कार्यालयसमेत आफ्नो नियन्त्रणमा लिएर सम्पूर्ण अफगानिस्तानबाट सरकारी सेनालाई परास्त घटनालाई विश्वले आश्चर्यपूर्वक हेरेको छ । यो मामिलामा हेक्का राख्नुपर्ने कुरा के छ भने महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त आधुनिक हतियारबाट सुसज्जित भएका सेनालाई मात्र होइन आफ्नै मुलुकका ३ लाख ५० हजार सेनालाई समेत परास्त गर्न तालिवानी समूह सफल भएको छ । जबकि तालिवानसँग जम्मा ७५ हजार लडाकु रहेका छन् र यी लडाकुसँग अत्याधुनिक हातहतियार पनि छैनन् र उनीहरूले आधुनिक तालिम पनि प्राप्त गरेका छैनन् ।

 यति भएर पनि विश्वको महाशक्ति राष्ट्र अमेरिकाको सेनासँगै आफ्नो मुलुकका ३ लाख ५० हजार सेनालाई उच्च आत्मबलकै आधारमा परास्त गर्न तालिवानी लडाकु सफल भएका छन् । यो ऐतिहासिक घटना भएको ३ दशक अगाडि अफगानिस्तानले विश्वको तत्कालीन अर्काे महाशक्ति राष्ट्र सोभियत संघको सेनालाई पनि यसैगरी परास्त गरेर अफगानिस्तानबाट खेदेका थिए । सन् १९७९ मा अफगानिस्तानमा उत्पन्न भएको अशान्तिलाई शान्त पार्न भनेर महाशक्ति राष्ट्र सोभियत संघको सेना अफगानिस्तान पसेको थियो । तर तत्कालीन महाशक्ति राष्ट्र सोभियत संघको सेना पनि अफगानिस्तानमा १ वर्षभन्दा बढी टिक्न सकेन र सन् १९७९ मा अफगान भूमि छाड्न सोभियत सेना बाध्य भएको थियो । 

महाशक्ति राष्ट्र अमेरिकासँगै तत्कालीन सोभियत संघको बलियो सेनालाई अफगानिस्तानले एकपछि अर्काे गरेर पराजित गरेको छ भने एसियाकै अर्काे मुलुक भियतनामले पनि सन् १९७५ मा अमेरिकी सेनालाई आफ्नो मुलुकबाट भगाएको थियो । यसैगरी सार्कको एउटा प्रमुख राष्ट्र भारतले श्रीलंकामा चर्किएको गृहयुद्धलाई शान्त पार्न भनेर सन् ८० को दशकमा नै कोलम्बोमा आफ्नो सेना पठाएको थियो । वास्तवमा भारतीय सेना श्रीलंकामा जातीय द्वन्द्व समाप्त पारेर शान्ति स्थापना गर्न नभएर पृथक राज्यको लागि गृहयुद्ध गरिराखेको तमिल टाइगरलाई सहयोग पु¥याउन त्यहाँ पुगेको थियो । संख्याको दृष्टिले चीन, अमेरिका, रुसपछि सबैभन्दा धेरै संख्यामा रहेको भारतीय सेना पनि सानो राज्य श्रीलंकाको सेना र जनताको सामना गर्न नसकेपछि भागेर फर्किएको इतिहास बनेको छ । 

 यी सबै इतिहासलाई विश्लेषण गर्दा नेपाल र नेपालको सैन्य शक्तिले अन्य मुलुकभन्दा आफू कमजोर भएको भनेर लघुताभाष पाल्नुपर्ने अवस्था देखिँदैन । किनभने सैनिक क्षमताको दृष्टिले नेपालभन्दा धेरै अगािड नभएका भियतनाम र अफगानिस्तानले नयाँ शक्तिराष्ट्रलाई पराजित गरेको इतिहास बनेको छ भने सार्क क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र भारतीय सेना आफ्नो लक्ष्य पूरा हुन नसकेपछि र स्थानीय जनता र सेनाको मुकाबिला गर्न नसकेपछि श्रीलंकाबाट भागेको इतिहास पनि बनेको छ । त्यसकारण नेपाल दुई महाशक्ति राष्ट्र भारत र चीनको चेपुवामा रहेको लघुताभाष पाल्नुहुँदैन । तथापि यो अवस्था भने नेपालले अहिलेसम्म बेहोर्नुपरेको छैन । भारत र चीन दुबैले नेपालसँग असल छिमेकीको नै व्यवहार र सद्भाव कायम राखिराखेका छन् । 

अफगानिस्तानको सत्तालाई नाटकीय रुपमा तालिवानी लडाकुले कब्जा गरेपनि सत्तालाई जोगाउन भने तालिवानीलाई त्यति नै जटिल र चुनौतिपूर्ण देखिएको छ । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्तामा रहँदा पनि विश्व मानचित्रबाट लगभग एक्लो अवस्थामा रहेको र त्यही अवस्थाको फाइदा उठाएर अमेरिकी सेनाले तालिवानलाई विस्थापित गरेको जिउँदो इतिहासबाट शिक्षा लिएर तालिवानीले धार्मिक कट्टरताका साथ शासन गर्ने हठ त्याग्न सक्यो भने अहिले प्राप्त गरेको चर्चालाई सफलतामा रुपान्तरण गर्न सक्दछ । तर अझैपनि तालिवानीले बिसौं शताब्दीकै व्यवहार गर्ने हो भने फेरि सत्ता त्यागेर जंगल पस्नुपर्न अवस्था आउन सक्दछ । 

 विश्वलाई नै प्रभाव पार्ने यो ताजा घटना अफगानिस्तानको भएपनि नेपालले पनि यो घटनाबाट धेरै शिक्षा लिएर आफ्नो मनोबललाई उच्च बनाएर विश्वका कुनै पनि मुलुकसँग हीनताबोधको व्यवहार गर्न हुँदैन । यसका लागि अफगानिस्तानबाट पनि शिक्षा लिएर नेपालले आफ्नो रक्षा र परराष्ट्रका सम्बन्धमा नयाँ सोचका साथ नयाँ नीति बनाउन र त्यही अनुरुप अगाडि बढ्नु जरुरी छ ।