🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकै पहिलो विश्वविद्यालयको इतिहास

भग्नावेष मात्रै रहेको भारतको नालन्दा विश्वविद्यालय विश्वकै पहिलो गुरुकूल विश्वविद्यालयको रुपमा चिनिन्छ । प्राचीन नालन्दा विश्वविद्यालयको स्थापना गुप्तकालका दौरान पाचौं शताब्दीमा भएको थियो, तर सन् ११९३ को आक्रमणमा यो विश्वविद्यालय बन्द भयो । बिहारको नालन्दामा रहेको यस विश्वविद्यालयमा आठौंदेखि बाह्रौं शताब्दीका बीचमा विश्वका कयौं देशबाट विद्यार्थीहरू पढ्न आउने गर्दथे । यस विश्वविद्यालयको स्थापना गुप्त शासक कुमार गुप्त प्रथमले गरेका थिए । भनिन्छ, यस विद्यालयमा १० हजार विद्यार्थी पढ्थे भने २ हजार शिक्षकले पढाउने गर्दथे ।

प्राचीन विश्वविद्यँलयको स्थापत्य कला एकदमै विचित्रको छ । यस विश्वविद्यालयमा तीनसय कोठा, सातवटा ठूलो ठूलो कक्ष र अध्ययनका लागि ९ तले एक विशाल पुस्तकालय थियो, जसमा ३ लाखभन्दा बढी पुस्तक थिए । यस विश्वविद्यालयलाई सन् ११९९ मा तुर्क आक्रमणकारी बख्तियार खिलजीले जलाएर नष्ट गरिदिएका थिए । यसबाहेक उनले कयौं धर्माचार्य तथा बौद्ध भिक्ष्ँुहरूको हत्या गरेका थिए ।