🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजका तस्बिरहरु (फोटो समाचार)

\"\"

कुस्मा र बागलुङ जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट बन्जी जम्प गर्दै युवती । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन् । तस्बिरः खेमराज गौतम, रासस

\"\"

गोरखामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि आइतबार सामुदायिक सेवा केन्द्र र प्रहरीले थालेको ‘तपाईको मास्क खै’ अभियानका क्रममा सदरमुकाममा मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क लगाउन आग्रह गर्दै सुरक्षाकर्मी । तस्बिर: दीपक श्रेष्ठ, रासस

\"\"

तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सीकोट देवीडाँडामा रहेको गोहीको मुख जस्तो आकारको ढुङ्गा । यहाँबाट वरपरका कोट तथा फाँटहरुको अवलोकन गर्न सकिन्छ । तस्वीर: कृष्ण न्यौपाने, रासस

\"\"

निरीक्षणको क्रममा हेलिकप्टरबाट आइतबार बिहान लिइएको हेलम्बु गाउँपालिका–१ भेमाथाङमा गएको पहिरोको दृश्य । भेमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । तस्बिरः देवराज सुवेदी,रासस

\"\"

कास्कीको माछापुच्छे गाउँपालिका चाहाचोकबाट देखिएको पोखरा खानेपानी आयोजनाका लागि मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती । तस्वीर: हरि बास्तोला, रासस

\"\"

जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुङ्गाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक फोटो खिँचाउँदै । उक्त रक गार्डेन पछिल्लो समय भाइरल बनेपछि आन्तरिक पर्यटकका आर्कषण बढ्न थालेको छ । तस्वीर: सानेबहादुर नेपाली,रासस

\"\"

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटारस्थित बालविकास केन्द्र संरक्षणको अभावमा जीर्ण हुँदै । तस्विर: दिलकुमार लिम्बू,रासस