🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच जंगीअड्डामा भेटघाट (भिडियोसहित)

काठमाडौं । नेपालको एकदिने “Working Visit” मा आएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर (State Councilor) तथा रक्षामन्त्री जनरल वेई फेङ्गहे (General Wei Fenghe) आज जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् । 

रक्षामन्त्री जनरल वेईको सम्मानमा आयोजना गरिएको सम्मान कार्यक्रममा उनले सम्मान गारत ग्रहण र निरीक्षण गरेका थिए । त्यसपछि रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापास“ग भेटघाट गरी आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल गरेका थिए । 

\"\"\"No
भेटवार्तामा रक्षामन्त्री वेई सहितको प्रतिनिध मण्डलले नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य/दृश्य सामग्री अवलोकन गरे । 

तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यतः कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो । 

\"No
रक्षामन्त्री जनरल वेई (General Wei) र उनको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिए ।

\"No

\"No

त्यसै अवसरमा जनरल वेई ले नेपाली सेनाको कोभिड-१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका छन् । यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।