🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

बैतडी,१४ मङ्सिर : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झै झगडा भएको भनी पीडित किशोरीलाई ललाई फकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका-३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष रहेका छन् ।

सोही गाउँपालिका बस्ने २१ वर्षीय दिपक सिंह धामीले गत जेठ २३ गते बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको तथा उक्त घटनाबारे गत असारमा वडा अध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भनि दिपकको कसूर लुकाउन मिलापत्र गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउद सहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो ।

हाल फरार रहेका अभियुक्त दिपक सिंह धामीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।