🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरले फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिँदै 

काठमाडौँ, १४ चैत (रासस) : काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।
 

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ । “आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने”, पत्रमा भनिएको छ, “वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने”, भनिएको छ ।
  

कामपाको गत चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख निकाशा गरिसकेको छ ।
–––