🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाथरुममै भयो ब्रायन र मारियाको विवाह

 विवाह बन्धनमा बाँधिनु भनेको जीवनभरको साथी रोज्नु हो । त्यसैले हरेक जातजाति, धर्म एवं परम्परा अनुसार विवाहका अनेक रीतिरिवाज र प्रक्रियामा सम्पन्न हुने गरेका हुन्छन् । अधिकाशंले आफ्नो विवाह शानदार तरिकाले होस् भन्ने चाहना राख्ने गर्दछन् । तर, एउटा जोडीले आफ्नो विवाह भने बाथरुममा गर्न बाध्य भए । यो विवशताको विवाह अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ब्रायन र मारिया नाम गरेका यी जोडीको विवाहले अहिले चर्चा पाएको छ किनकि यी जोडीको वैवाहिक कार्यक्रम बाथरुममा सम्पन्न भएको छ । वास्तवमा ब्रायन र मारिया विवाहका लागि अदालतको कोर्टमा पुगेका थिए । यसै क्रममा दुलहाकी आमा अचानक बाथरुममा गइन । त्यहाँ उनलाई अस्थमा(दम)ले सताएपछि त्यहीं नै अक्सिजन दिनु प¥यो । उनको शरीर निलो भइसकेको थियो । उनलाई तत्काल अस्पताल लैजान पनि सम्भव थिएन । यदि उक्त समयमा विवाह रोकिएको भए विवाहको लाइसेन्सका लागि त्यो जोडीले अरु ४५ दिनसम्म पर्खिनु पर्ने थियो । यही कुरालाई मध्यनजर गर्दै ती जोडीले अदालतकै बाथरुममा विवाह सम्पन्न गर्ने निर्णय गरे ।