🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी संरक्षणमा मौलाउँदो गुण्डागर्दी

चितवन । सत्य सेवा सुरक्षणम्को मूल मन्त्र बोकेको नेपाल प्रहरीमा पदीय आचरण विपरीतका क्रियाकलाप पछिल्ला दिनमा बढिरहेका छन् । महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक तिलक भारतीदेखि इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा मुछिएका आरोपीहरूलाई घुस लिएर उन्मुक्ति दिएको घटनाले प्रहरीको छविमा दाग लाग्न पुगेको छ । त्यसैगरी सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बलात्कारीसंग घुस असुलेर उन्मुक्ति दिएको बिषयमा पनि संगठनको साखमा धक्का लाग्न पुगेको छ ।

यसैक्रममा इलाका प्रहरी कार्यालय, खैरहनीका प्रहरी नायब निरीक्षक (सई) जितेन्द्र चौधरीले गरेका पदीय आचरणविपरीतका र गैरकानूनी कार्यहरूको उजुरी ३ नम्बर प्रहरी प्रदेश कार्यालयमा परे पनि कुनै छानविन हुन सकेको छैन । उनको सेटिङ एआइजी कार्यालयसम्म रहेकाले उनले गरेका प्रहरी नीति विपरीतका क्रियाकलापको छानबिन हुन नसकेको स्रोतले बताएको छ ।

स्रोतका अनृुसार, लामो समयदेखि खैरहनीमा कार्यरत सई चौधरीले लागूऔषधका कारोवारीदेखि काठ तस्कर, बालुवा तस्कर र गुण्डागर्दी गर्नेहरूसम्मबाट रकम असुल्ने गरेको र उनीहरूलाई संरक्षण गर्ने गरेको उजुरी परे पनि त्यसको सुनुवाई हुन सकेको छैन ।

सई चौधरीले अञ्जु घिमिरे नाम गरेकी महिलालाई प्रयोग गरेर आर्थिक उपार्जन गर्ने काम गरिरहेका छन् । अधिकांश समय तिनै अञ्जु घिमिरेसंग रहने सई चौधरीले उनीमार्फत् आएका धेरै रकमी मुद्दाहरू पीडितका पक्षमा भन्दा पनि पीडकको पक्षमा गरी आर्थिक उपार्जन गर्ने काम गरेका छन् । 

 केस मिलाउने बीचौलियाको काम गर्ने घिमिरे प्रहरी हुन् कि पब्लिक हुन् छुट्ट्याउन स्थानीय बासिन्दाहरूलाई गाह्रो पर्दै गएको छ । किनकि अधिकांश समय कि त इप्रकामै त कि चौधरीसँग हिँड्ने गरेका कारण स्थानीयहरूले पब्लिक हुन् कि प्रहरी भन्ने शंका गरेका हुन् ।

इप्रका प्रमुख निरीक्षक कैलाससिंह विष्ट अवकाशको मुखमा भएर पनि होला उनले सई चौधरीलाई तह लगाउन समेत सकेका छैनन् । पछिल्लो समय पुख्र्याैली घर रामेछाप भई हाल सोही क्षेत्रमा बस्ने राजीव श्रेष्ठ र उनकी श्रीमती लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा ३ वर्ष जेल बसी मुक्त भएका छन् । तिनै राजीव श्रेष्ठका भाइ सुनील श्रेष्ठले अहिले खैरहनी क्षेत्रमा गुण्डागर्दी गरी आतंक नै मच्चाउने गरेको पीडितहरूको गुनासो छ । 

 बालुवा चोरीको काममा पनि सुनील श्रेष्ठ सक्रिय छन् । तिनै गुण्डागर्दी र बालुवा चोरीमा संलग्न सुनील श्रेष्ठलाई सई जोतेन्द्र चौधरीले पूर्णरूपमा संरक्षण गरेको प्रहरी स्रोत बताउँछ । दाजु सुब्बा श्रेष्ठ पर्सा बजार क्षेत्रमा नामुद गुण्डाका रूपमा चिनिन्छन् ।

अहिले आफू अगाडि नपरी भाइ सुनील श्रेष्ठलाई प्रयोग गरी उनी यो धन्दामा सक्रिय छन् । झण्डै ५ वर्षअघि स्थानीय लद्री खोलामा गुण्डागर्दीकै सिलसिलामा सुब्बा श्रेष्ठले मरणासन्न हुनेगरी कुटाइमात्रै खाएनन्, उनका हातका केही औंला र खुट्टाका औंलाहरूसमेत त्यस घटनाबाट गुमेका छन् । खैरहनी नगरपालिका रसौली गाउँका यी व्यक्तिहरूबाट सई चौधरीले धेरै फाइदा लिइरहेका छन् ।

आफैंले डिल गरेर रकम लिंदा अख्तियारको  टोलीले रंगेहात समात्न सक्ने भएका कारण पनि कतिपय केशहरू मिलाउँदा र रकम लिंदा सई चौधरीले अञ्जु घिमिरेलाई प्रयोग गर्ने गरेको आरोप छ । स्रोतको भनाइ छ, सई चौधरीको मात्रै होइन यहाँ अञ्जुको पनि त्यत्तिकै सेटिङ र आतंक रहेको छ केश मिलाएर उठाउनका लागि । 

 त्यसैगरी स्थानीय पर्सा बजारका कुमार थापामगर पनि गुण्डागर्दीका आडमा बालुवादेखि अरु धेरै क्रियाकलापमा संलग्न रहेका छन् । यिनै कुमार थापालाई सई चौधरीले संरक्षण गर्दै आइरहेका छन् भने यिनीहरूविरुद्ध कुनै केश परेका खण्डमा अञ्जु घिमिरेले मिलाउने गरेको इप्रकाकै प्रहरीहरू बताउँछन् । कुमार थापामगरका भाइ विजय थापा केही महिनाअघिमात्रै लागूऔषधको केशमा बुटवलमा पक्राउ परी छुटेका व्यक्ति हुन् ।

अहिले प्रहरी संरक्षणमा नै भारतबाट ठोरीको नाका प्रयोग गरी मोटरसाइकल र मिनिबसका माध्यमबाट टिडी जेसिक इन्जेक्सनदेखि अन्य प्रतिबन्धित नसा दिने औषधिहरू नारायण र भरतपुरमा पु¥याउने काम यस क्षेत्रबाट हुँदै आएको प्रहरी स्रोतबाटै थाहा भएको छ ।